चुनाव जितेपछि चन्द्र ढकालले भने ‘मेरो गुट सकियो, अव मिलेर महासंघलाई अघि बढाउँछु’ « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

चुनाव जितेपछि चन्द्र ढकालले भने ‘मेरो गुट सकियो, अव मिलेर महासंघलाई अघि बढाउँछु’



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकालले आफ्नो गुट समाप्त भएको बताएका छन । निर्वाचन जितेपछि संचारकर्मीसंग संक्षिप्त प्रतिकृया दिँदै ढकालले भने चुनावअघिको टिम सबै विघटन भएको र अव महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा सबै साथि मिलेर काम गर्ने ढकालले बताएका छन ।

शनिबार सम्पन्न मतदानको आइतबार बिहान मत गणना सकिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलनै बनाएका थिए । प्राप्त मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा ढकाल सहित एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई निर्वाचित भएका छन भने प्रधान समुहबाट बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ निर्वाचित भएका छन ।

ढकालले निर्वाचन अघिका तिता मिठा कुरालाई विर्सिएर आफु महासंघको हितको लागी काम गर्ने जनाए । ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा समेत राखे । ढकालले निर्वाचनको बेलामा उठाएको २५ बुँदे कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने बताए ।

महासंघको ५४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले निर्वतमान बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वत अध्यक्ष बन्न लागेका छन ।


प्रतिक्रिया दिनुहोस्