महासंघ मेरो मन्दीर हो, म पुजारी बनेर संस्थाको हितमा लाग्नेछु : गोल्छा
काठमाडौं । सोल्टी होटलको आइतबार साँझ नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको सपथग्रहण सपथ समारोह चलिरहेको थियो । सपथ ग्रहगप्रश्चात बोल्दै नवनियुक्त अध्यक्ष गोल्छाले महासंघ स्थापनामा आफ्नो परिवारको ठुलो योगदान रहेको र उहाँहरुको सपना पुरा गर्न महासंघको नेतृत्वमा आउन चाहेको र आज पुरा भएको बताए ।
गोल्छाले आफुलाई विधान संसोधनको लफडा निकालेर अध्यक्ष बन्न रोक्ने खेल भएको भन्दै कार्यक्रममै तितो पोखे । विषेसगरी चण्डीराज ढकाललगायतका पदाधिकारीले महासंघको विधान संसोधन गर्ने विषयले आफुलाई तनाव र पाठ दुबै प्राप्त गरेको बताए ।
गोल्छाले आफु इमान्दारीपुर्वक काम गर्न महासंघमा आएको र यो पवित्र संस्थाको पुजारी बनेर सेवा गर्ने बताए । गोल्छाले आफुले पवित्र संस्थामा पवित्र भावनाले काम गर्ने बताए । उनले निर्वाचन सकियो अव टिकाटिप्पणी र गुटवन्दी नगर्न आग्रह गरे । उनले दिगो अर्थिक विकासमा आफ्नो र महासंघ कार्यसमितिको योगदान रहने बताए ।
जव चन्द्रले प्रधानलाई आफ्नो माला लगाइदिए …।
कार्यसमितिको निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्दै थियो । बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल मञ्चमा पुग्दा शेखर गोल्छा र चन्द्रको हग हेर्न लायक थियो । निर्वाचनमा चण्डीराज ढकालको पक्षमा किशोर प्रधानको पक्षमा लागेका गोल्छा र ढकालको आत्मियता देखाउने प्रयास गरेका थिए । कार्यक्रम अवधीभर माक्सनै नखोलेका गोल्छाको माक्सनै खोलेर अंकालो हाल्न ढकालले आग्रह गरे ।
मञ्चबाट ओर्लने वित्तिकै ढकालले अगाडी रोष्टममा बसेका किशोर प्रधानलाई आफुले लगाएको एउटा मालासमेत लगाइदिए । साथै सोल्टी होटलले उपलव्ध गराएको केक खान समेत ढकालले प्रधानलाई रोष्टममै बोलाए सम्मान दर्शाए ।