कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आफूलाई नियन्त्रणमा लिएको सूचना पौडेलले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।
‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस उनले भनेका छन ।
पौडेलसँगै प्रहरीले तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि हिरासतमा लिएको जानकारी फेसबुकमार्फत दिइएको छ।

व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमले आजको घटना निम्तिएको प्रशासनले जनाएको छ । पौडेलले भने उद्घाटन कार्यक्रममा नेकपाको अवरोध र प्रशासन लगाएर रोक्ने प्रयास भएकाले त्यसको विरोधमा जनस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।


पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो।निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्