ओलीबिनै नेकपाको बैठक सुरु, सुरक्षा व्यवस्था कडा « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

ओलीबिनै नेकपाको बैठक सुरु, सुरक्षा व्यवस्था कडा



काठमाडौं । नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बिनै बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बराहीमा बसेको नेकपा स्थायी समितिको बैठकमा नेपाली सेना सहितको सुरक्षा कडा बनाइएको छ ।

१ बजेको लागी तय गरिएको स्थायी समिति बैठक झण्डै २ घण्टा ढिलोगरी सुरु भएको छ । पार्टीका स्थायी समितिका सदस्यहरु निर्धारित समयमा पुगेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्षामा रहेका थिए । ओली बैठकमा अनउपस्थित भएपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको छ ।

ओली बाहेकका स्थायी समितिका ४३ जना सदस्यहरु सहभागी भएका छन । पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले आइतबारको लागी स्थायी समिति बैठक तय गरिएको थियो । पार्टी कार्यालयमा असुरक्षा हुने भन्दै प्रधानमन्त्रीले यसअघिका सचिवालय बैठक बालुवाटारमा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्