प्रधानमन्त्रीको सुझावले ढकाललाई तनाव, एफएनसीसीआई अध्यक्षमा फेरी प्रतक्ष्य निर्वाचन होला त ? « Arthapath.com
२५ मंसिर २०७७, बिहीबार

प्रधानमन्त्रीको सुझावले ढकाललाई तनाव, एफएनसीसीआई अध्यक्षमा फेरी प्रतक्ष्य निर्वाचन होला त ?



काठमाडौं । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल उद्योग बाणिज्य महासंघको नवनिर्वचित पदाधीकारीलाई बोलाए । निजी क्षेत्रमा समस्या बुझ्न बोलाएका प्रधानमन्त्रीले उल्टै व्यवसायीलाई २ घण्टा पढाएर पठाएका छन । महासंघका पदाधीकारी र बिशिष्ट सदस्यहरुसंग प्रधानमन्त्री ओलीले व्यावसायीका समस्यामा आफु सहयोग गर्न तयार रहेको बताए ।

गत मंसिर १३ गते महासंघको ५४ औं साधारणसभाबाट नवनिर्वाचित पदाधीकारीले प्रधानमन्त्रीलाई भेटेर देशको औद्योगिक समस्याका बारेमा जानकारी गराएका थिए । नेपाल उद्योग बाणिज्य महासंघको टोलीले बिहीबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर बजेट र मौद्रिक नीति कार्यान्वयन नभएकोप्रति असन्तुष्टि राखेका छन् । भेटमा नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोली बालुवाटार पुगेर व्यावसायीका समस्याहरु र नयाँ कार्यसमितिले तयार पारेको भिजन पेपरबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

गत मंसिर १४ गते कार्यभार सम्हाल्दै महासंघका अध्यक्ष गोल्छाले आफु स्वत: अध्यक्ष बन्नबाट रोक्न बिधान संसोधनका प्रयासले निक्कै पिडा भएको बताएका थिए । गोल्छालाई अध्यक्ष बन्न नदिन बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने यसअघिको प्रस्ताव हटाउन ठुलै लविङ भएको थियो । त्यसले आफुलाई पिडाबोध भएको गोल्छाले तितो पोखेका थिए ।

प्रधानमन्त्रीले बिहीबार भेटमा अध्यक्षमा पनि भोटिङबाटै प्रतक्ष चुनिने व्यवस्था गर्न आग्रह गरेका छन । प्रधानमन्त्रीको सो आग्रह महासंघले मान्नुपर्ने जरुरी छैन । तर गत महासंघको निर्वाचनमा दुई गुटमा विभाजीत व्यावसायीलाई प्रधानमन्त्रीको भनाईले झस्किएका छन । कडा प्रतिस्प्रर्धाका विच बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाललाई विधान संसोधन भएमा फेरी चुनाव लडेर अध्यक्ष हुनुपर्ने बाध्याता आउनेछ । गोल्छालाई स्वत अध्यक्ष बन्न नदिन विधान संसोधनको लफडा निकालेका तत्कालिन बिशिष्ट सदस्य चण्डीराज ढकालका कारण गोल्छा किशोर प्रधान समुहमा खुलेर लागेका थिए ।

प्रधानमन्त्रीसंगको भेटमा महासंघका पदाधीकारीको कुरा सुन्ने भन्दा पनि उल्टै प्रधानमन्त्रीले सिएनआई र अन्य यस्तै संस्थासंग मर्ज गर्न आग्रह गरेका छन । सिएनआई चेम्बर लगायतका संस्थासंग मर्ज गरेर एउटै बलियो महासंघ बन्न आग्रह गरेका छन । प्रधानमन्त्रीले व्यापारीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्