हप्तामा दुई दिन बिदा दिँदा राज्यलाई बार्षिक १ अर्व ६४ करोड फाइदा हुने

काठमाडौं । सातामा दुई दिन विदा दिँदा सरकारलाई वार्षिक रुपमा १ अर्व ६४ करोड ९१ लाख नाफा हुने भएको छ । पर्यटन मन्त्रालयले तयार पारेको प्रश्ताव अनुसार सरकारले आन्तरीक पर्यटनको विकास गर्न सातामा दुई दिन सार्वजनिक विदाको प्रश्ताव गरेको छ ।
प्रश्ताव अनुसार बिदा भएमा सरकारी ढुकुटीमा हुने खर्चमा समेत कटौती हुनेछ । सरकारी विदा थपिँदा विभिन्न शीर्षकका खर्च कटौती हुनेदेखि उत्पादकत्व वृद्धि हुनेजस्ता सकारात्मक प्रभाव पर्ने सरकारी बिदा सिफारिस समितिको निष्कर्ष छ ।
सरकारले सातामा दुई दिन बिदा दिन एक अध्यक्षन समिति गठन गरेको थियो । सो समितिले विदा दिँदा अर्थतन्त्रमासमेत प्रभावपार्ने तथ्य सार्वजनिक गरेको हो । दुई दिन बिदा हुँदा सरकारी कार्यालयहरुमा इन्धन, विद्युत, पानी तथा सरसफाइ, यातायात शीर्षकमा ठुलो खर्च कटौति हुनेछ । यसले सरकारी बजेटमा समेत प्रभाव पार्नेछ ।
सरकारद्वरा बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा दुई दिने बिदाले उत्पादकत्व बढ्ने, आन्तरिक पर्यटन प्रवद्र्धन हुने, पारिवारिक सामीप्यता कायम हुने र पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यस्तो व्यवस्था मनासिव रहेको उल्लेख गरिएको छ ।