विवाहको लगन सकिएसंगै सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार आज नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
२ दिन देखि स्थिर रहेको सुन आज तोलामा १ सयले घटेको छ ।
आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।