चिनी उद्योगीलाई उद्योग मन्त्रालयले दियो २४ घण्टे अल्टिमेटम « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

चिनी उद्योगीलाई उद्योग मन्त्रालयले दियो २४ घण्टे अल्टिमेटम



काठमाडौं । चिनी उद्योगीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २४ घण्टे अल्टिमेटम दिएको छ ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण २४ घण्टा भित्र पेश गर्न चिनी उद्योगीलाई निर्देशन दिएका छन ।

उखुको भुक्तानी नपाएका किसानले माईतिघरमा प्रदर्शन गरेको दोस्रो दिन आज मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन ।

आज किसान संग वार्ता गर्ने भनिएपनी नभएपछि भोलीको लागी बोलाईएको मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले बताए । उनका अनुसार १८ पुस २०७६ को सहमति अनुसार भएको भुक्तानीको प्रमाण पेश गर्न मन्त्रीले निर्देशन दिएका छन ।


प्रतिक्रिया दिनुहोस्