प्रधानमन्त्री ओली बिनै नेकपा स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको कमिटिमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन् । तर स्थायी कमिटीको बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका हुन् ।
बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । छलफलमा कुनै सहमति नभएको स्रोतले बताएको छ ।