अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत « Arthapath.com
१ पुष २०७७, बुधबार

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन सहमत भएका छन ।


यो सहमतिसँगै बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ र, बैठकमा अध्यक्ष ओली पनि सहभागी छन । सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार संवैधानिक परिषद् काम कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी ऐन २०६६ संशोधन गरेकि थिईन । सरकारले जारी गरेको अध्यादेशमा संबैधानिक परिषदको अध्यक्षसहित बहाल रहेका बहुमत सदस्यको उपस्थितीमा मात्रै बैठक बस्न सक्ने हाल रेको व्यवस्थालाई परिवर्तन गरी अध्यक्ष प्रधानमन्त्रीसहित ४ जना भएमा बैठक बस्न सक्ने व्यवस्थामा परिवर्तन भएके थियो ।

लगतै प्रचण्ड नेपाल पक्षका नेताहरु अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशनको समावेदन बोलेर राष्ट्रपति कार्यालय पुगेपछि प्रधाननमन्त्री ओली अप्ठ्यारोमा परेकाले विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन सहमत भएका स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्