नेकपा विवाद नयाँ मोडमा, प्रधानमन्त्रीले गरे संसद् विघटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद बैठक राखेर संसद विघटन गरेका छन । पार्टीमा आन्तरिक विवाद चर्कदै गएपछि प्रधानमन्त्रीले संसद विघटनको प्रश्ताव गरेका हुन । मन्त्रीपरिषदले संसद विघटनको प्रश्ताव गरेपछि अनुमोदनको लागी अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाइएको छ ।
झण्डै दुई तिहाइको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट राजिनामा दिन पार्टीका अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले आग्रह गरेपछि प्रधानमन्त्रीले संसद विघटन गरेका हुन ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिन दवाव दिँदै आएका प्रचण्डसंग ओलीले आजै अन्तिमपटक वार्ता गरेका थिए । तर प्रचण्डले आफुमाथी लगाएको आरोप फिर्ता नलिने अडान राखेपछि ओलीले बाध्य भएर सो कदम चालेका हुन ।
शनिबार प्रचण्डलाई भेट्न उनकै निवास खुमलटारसमेत पुगेर वार्ता गरेका ओलीले त्यसपछि पार्टीका सबै नेतासंग छलफल गर्दै आएका थिए । आइतबारको लागी बोलाईको स्थायी समिति बैठक अघिनै ओली संसद विघटन गरेर देशलाई अनिर्णएको बन्दी बनाएका छन ।
ओलीले पार्टीका अर्का अध्यक्ष चण्डसँगको वार्ता गर्नुअघि ओलीले आकश्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए । अन्तिमपटक प्रचण्डसंग छलफल गरेर संसद विघद्धटन गरेका हुन । नेताहरुसँग लामो छलफल गरेका ओलीले आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए ।