प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल नियुक्त « Arthapath.com
२८ पुष २०७७, मंगलवार

प्रदेश सुशासन केन्द्रको निर्देशकमा पोखरेल नियुक्त



हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेशको मन्त्रिपरिषको बैठकले दोलखाका पोख्रेललाई ४ बर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी आज नै बसेको मन्त्रिपरिषद बैठकले सामाजिक बिकास मन्त्रालय मार्फत मदन भण्डारी फाउण्डेसनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

विबिध सामाजिक काममा खर्च गर्ने गरी फाउण्डेशनलाई रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । यस्तै संघीय समपुरक तथा बिषेश अनुदान तर्फका आयोजना÷कार्यक्रमहरु प्रस्ताव गर्ने, बैकल्पिक उर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकिकृत बस्तीका २ करोड ४० लाख दिने, प्रदेशका स्थानिय तहलाई सशर्त अनुदान उपलब्ध गराउनलगायतका निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्