राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते हुने « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते हुने



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते हुने हुने भएको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो महाधिबेशन चैत्र ७ गते गर्ने जनाएको हो । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा गर्ने जनाएको छ भने उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

यस्तो छ महासंघले जारी गरेको बिज्ञप्ति

निजी क्षेत्रको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघ देशभरका सबै खाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्दै आएको यहाँहरुमा अवगतै छ । कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा होस यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । उद्योगी व्यवसायीहरुका हितमा महासंघले चालेका यस्ता कदमहरुका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापनाकालदेखी नै सधै चर्चामा रहदै आएको छ । आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि यस महासंघको भूमिका सधै नेतृत्वदायी नै रहनेछ । वास्तविक उद्योगी व्यवसायीहरुको आस्थाको धरोहर, निजी क्षेत्रको छाता संगठन यस महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी ७ चैतमा हुने निश्चित भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै खुसी छौँ । महाधिवेशन आगामी ७ चैतमा काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनको भोलि पल्ट हुने निर्वाचनले महासंघको भावी नेतृत्व समेत चयन गर्ने समेत सबै सञ्चारकर्मीहरुलाई जानकारी गराउन चाहान्छौँ ।


प्रतिक्रिया दिनुहोस्