विद्युत् महसुलबापत तिर्न बाँकी १० अर्ब १४ करोड रुपैयाँ १ महिनाभित्र असुल गर्न निर्देशन, १ महिनाभित्र नतिरे जरिवाना « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

विद्युत् महसुलबापत तिर्न बाँकी १० अर्ब १४ करोड रुपैयाँ १ महिनाभित्र असुल गर्न निर्देशन, १ महिनाभित्र नतिरे जरिवाना



काठमाडौं । संसदीय समितिले विभिन्न उद्योगले विद्युत् महसुलबापत तिर्न बाँकी १० अर्ब १४ करोड रुपैयाँ एक महिनाभित्रै असुल गर्न निर्देशन दिएको छ ।

संघीय प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको चैत्र २२ गते आइतबार डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम १ महिनाभित्रमा उठाउन सरकारलाई निर्देशन दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले विभिन्न ५६ वटा उद्योगबाट १० अर्ब १४ करोड आठ लाख ३० हजार महसुल उठाउन बाँकी छ । बक्यौता रकम असुल उपर गर्न समितिले मिनेन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

लेखा समितिको आजको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन पारित भएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए । प्रतिवेदनमा एक महिनाभित्र महसुल नबुझाउने उद्योगसँग रकम र जरिवानासमेत असुल उपर गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्