लकडाउन हुने भएपछि हवाई सेवा पनि बन्द « Arthapath.com
१३ बैशाख २०७८, सोमबार

लकडाउन हुने भएपछि हवाई सेवा पनि बन्द



काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लकडाउन हुने भएपछि हवाई सेवा पनि बन्द गरिने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा बैशाख १६ गते राति १२ बजेदेखि लकडाउन हुने भएको छ ।

काठमाडौंमा लकडाउन हुने भएपछि त्यसको प्रत्यक्ष असर हवाई सेवामा पर्ने भएकाले १६ गतेपछि हवाई सेवा पनि बन्द गरिने भएको हो ।

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि विहीबारदेखि सबै आन्तरिक हवाई उडान बन्द गरिने भएको छ । आकस्मिक तथा उद्धार बाहेकका उडान बन्द गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्