कोरोनाको कुन भेरियण्ट खतरा ? भारतमा आन्ध्र र महाराष्ट्र भेरियण्टको त्रास बढ्दै « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

कोरोनाको कुन भेरियण्ट खतरा ? भारतमा आन्ध्र र महाराष्ट्र भेरियण्टको त्रास बढ्दै



काठमाडौं । हाम्रो भान्सामा पाक्ने दाल, चामल र तरकारीजस्तै कोरोना महामारी पनि यो वर्ष हामीले भारतबाटै भित्र्याएका थियौं । सामान्यतया पहिलोभन्दा दोस्रो लहरमा आउने महामारी कमजोर हुने गर्छ । तर कोरोना महामारी भने दोस्रो लहरमा निकै शक्तिशाली भएर आएको छ । कयौं वैज्ञानिकहरुले भारतमा तेस्रो लहरको कोरोना महामारी पनि आउने बताउन थालेका छन् ।

भारत सरकारका प्रमुख बैज्ञानिक सल्लाहकार के. विजय राघवनले केही दिनअघि स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा भनेका थिए, ‘दोस्रो लहरको फैलावट हेर्दा तेस्रो लहर पनि आउने निश्चित प्रायः रहेको छ । तेस्रो लहर कहिले आउँछ भन्ने त हामीलाई थाहा छैन, तर कोभीड प्रोटोकललाई हामीले भविष्यमा पनि जारी राख्दै तयारी हालतमा बस्नुपर्छ ।’

भाइरसको मौलिकतामा भइरहेको बदलावलाई बैद्दानिकहरुले पछ्याइरहेको राघवनले जानकारी दिए । ताकी, भविष्यमा यसले कुन रुप लिन सक्छ भन्ने अनुमान लगाउन सकियोस् र त्यतिञ्जेलसम्म तेस्रो लहरसँग जुध्न तयार भएर बस्न सकियोस् । पहिलो लहर निष्कृय हुँदै गएपछि दोस्रो लहरका लागि कम आँकेर पुर्वतयारीमा ध्यान नदिँदा अहिले ठूलो मानवीय क्षेति व्यहोर्नु परेको बैज्ञानिकहरुले बताएका छन् ।

आन्ध्रप्रदेश भेरियण्टको त्रास
अहिले भारतमा कोरोना भाइरसको ‘आन्ध्र प्रदेश भेरियण्ट’ भन्ने शब्दले ज्यादै ठूलो त्रास सिर्जना गरेको छ । हैदराबाददेखि दक्षिणको शहर कुर्नूलमा सबैभन्दा पहिले देखिएको भनिएको कोरोना भाइरसको नायाँ प्रजाती (भेरियण्ट) अहिले विशाखापत्तनममा अरु किसिमका कोरोना भाइरसभन्दा १ हजार गुणा छिटो फैलिरहेको खबर अहिले भारतभर व्यापक भएको छ ।

यहाँसम्मकी, दिल्लि सरकारले आन्ध्र प्रदेश र तेलंगनाबाट आउने नागरिकका लागि प्रवेश निषेध घोषणा गरिसकेको छ । यस घटनाले महामारीका साथसाथ भारतमा भयंकर राजनीतिक आँधि आउने खतरा पनि मडारिन थालेको छ । तर वैज्ञानिकहरुले आध्र प्रदेशवाला भेरियण्ट त्यति खतरनाक नभएको उल्लेख गरेका छन् ।

आध्र प्रदेश र तेलांगनामा फैलिएको कोरोना भाइरसको भेरियण्टलाई एन४४०के नाम दिइएको छ । भारतको सेण्टर फर सेलुलर एण्ड मलिक्युलर बायोलोजीका पूर्व निर्देशक राकेश मिश्र यस भेरियण्टको भाइरसको विषयलाई लिएर भएका टीकाटिप्पणीलाई ‘अफवाह’ भन्छन् । यो भेरियण्ट धेरै महिनाअघि अस्तित्त्वमा भए पनि अहिले खत्तम भइसकेको मिश्र बताउँछन् । उनले अहिले दक्षिण भारतमा तीव्र दरमा फैलिरहेको महामारीमा यो भेरियण्टको भूमिका खासै नभएको र अरुभन्दा १ हजार गुणा छिटो फैलिने कुरा त हुँदै नभएको उनी बताउँछन् ।

खतरनाक चाहीँ महाराष्ट्र भेरियण्ट
अहिले आन्ध्र प्रदेश र तेलाङ्गनामा तीव्रतर फैलिरहेको कोरोना भाइरसको प्रजाति एन४४०के नभइर महाराष्ट्र भेरियण्ट भएको बैज्ञानिकहरले बताएका छन् । यो भेरियण्टलाई ‘डबल म्युटेण्ट’ नाम दिइएको छ । कोरोना भाइरसका ‘एल४५२आर’ र ‘ई४८४क्यू’ नामका दुई भेरियण्टमा पाइने सबै गुणहरु ‘डबल म्युटेण्ट’मा उच्चस्तरमा पाइएका छन् । यस प्रकारको भाइरसले मावन शरीरसँगको आफ्नो सम्बन्धलाई निकै दर्बिलो पार्दै लगेका कारण यसको संक्रमणबाट मान्छेमा गम्भिर लक्ष्यण देखिँदै आएको छ ।

आन्ध्र मेडिकल कलेजका प्रचार्य डा. सुधाकरका अनुसार भाइरसको संक्रमणपछि लक्षण देखिन लाग्ने समय (इन्क्युबेशन पिरियड) पनि निकै घट्न थालेको छ । पहिले मानव शरीरमा भाइरस संक्रमण भएको सात दिनपछिमात्रै लक्षण देखिनेमा अहिले तीन दिनमै लक्षण देखिन थालेको छ । युवावस्थाका मान्छेमा पनि तीव्र संक्रमण हुने र मृत्युदर पनि बढी देखिएको छ ।

संक्रमणपछि अक्सिजन लगाउनुपर्ने विरामीको संख्या पनि पहिलेभन्दा १५ प्रतिशत बढेको छ । सुधाकरका अनुसार अझै दुई महिनाजति यही तरिकाले संक्रमण बढ्लाजस्तो देखिएको छ । त्यसो त, विशाखापत्तनममा फैलिएको महामारीमा महाराष्ट्र भेरियण्टका साथसाथै ‘ए२ए’ नाम दिइएको अर्को प्रकारको कोरोना भाइरस पनि देखिएको छ ।

निजामाबाद मेडिकल कलेजकी प्राध्यापक डा मदला किरणका अनुसार विशाखापत्तनमका ३६ स्याम्पल परिक्षण गर्दा एक तिहाईमा महाराष्ट्र भेरियण्ट पाइएको र एन४४०के जम्मा ५ प्रतिशतमा पाइएको बताइन् । बाँकी ६२ प्रतिशतमा ‘ए२ए’ भेरियण्टको कोरोना भाइरस भेटिएको थियो ।

के हो भाइरसको भेरियण्ट ?
एउटा भाइरस मानव शरीरमा पस्यो भने त्यसले आफ्ना कोषिकाको संख्या बढाउन थाल्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकहरु प्रतिकृति(रिप्लिकेशन) भन्छन् । यसरी एउटा शरीरमा धेरै संख्यामा कोषिकाको निर्माण भएपछि भाइरस त्यो शरीरबाट अर्को शरीरमा फैलिन सुरु गर्छ । त्यसमा पनि पुरानै तरिकाले आफ्ना कोषिकाको बृद्धि गर्छ । भिन्नभिन्न शरीरमा आफ्ना कोषिकाको विकास गर्दै जाँदा ती मावन शरीरका गुणहरु पनि भाइरसको विकासमा सहभायि हुन्छन् । यसरी भाइरसले आफूलाई बदल्दै जान्छ, जसलाई विज्ञानको भाषामा परिस्कार (म्युटेशन) भनिन्छ ।

यसरी अलगअलग तरिकाले भाइरस परिस्कृत हुँदै जाँदा २–३ महिनाको अन्तरालमा यसका धेरै गुणहरु परिवर्तन हुन्छन् र नयाँ प्रजाति (भेरियण्ट) तयार हुन्छ । जब कुनै एक भाइरसले बिमारीको लक्ष्यण बदल्न सुरु गर्छ, त्यसपछि यसको फैलने रफ्तार बिमारीको असर पनि बदलिन थाल्छ । यसरी नै कोरोना भाइरस अस्तित्वमा आइसकेपछि यसका हजारौं प्रतिकृति भइसकेका छन् र कयौं नयाँ प्रजातिको विकास भइसकेको छ ।

कोरोना भाइरसका सयौं त्यस्ता भेरियण्टको चर्चा सुनिँदैन । धेरैजसो भेरियण्ट कमजोर भएर जान्छन् र उनीहरुको संक्रमण दर पनि ज्यादै कम हुन्छ । तर कुनैकुनै यति शक्तिशालि पनि हुन्छन् की, अरु प्रजातिभन्दा हजारौं गुणा छिटो संक्रमण फैलाउन र मावन शरीरमा गम्भिर लक्षण उत्पन्न गर्न उनीहरु सक्षम हुन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिले दुनियाँमा सयौं भेरियण्टका कोरोना भाइरस अस्तित्वमा छन् । तर त्यसमध्ये केवल ३ प्रजातिलाई निकै शक्तिशाली मानिन्छ । दक्षिण अफ्रिका, ब्राजिल र ब्रिटिश भेरियण्टका कोरोना भाइरस अतितीव्र संक्रामक मानिन्छ । यसबाहेक अरु ७ प्रजातिका कोरोना भाइरसलाई पनि वैज्ञानिकहरु संक्रामक मान्छन् । तिनै ७ मध्येको एउटा हो, महाराष्ट्र भेरियण्ट । यसलाई ब्रिटिश भेरियण्टकै उपजाति मानिन्छ । ब्रिटिश भेरियण्टको अहिलेसम्म २३ म्यूटेशन भइसकेको छ भने महाराष्ट्र भेरियण्टको १५ म्युटेशन भएको छ ।

अहिले भारतमा पनि कयौं भेरियण्टका कोरोना भाइरसको संक्रमण भइरहेको छ । सबै मानिसलाई एकै किसिमको कोरोना भाइरस संक्रमण भएको छैन । डा राकेश मिश्रका अनुसार महाराष्ट्रमा ५०–६० प्रतिशत संक्रमण डबल म्युटेण्टले गराएको छ । यो भेरियण्ट अहिले आन्ध्र प्रदेश, तेलाङ्गना, कर्णाटकामा फैलिन थालेको छ । ब्रिटिश भेरियण्ट अहिले पञ्जाबमा पाइएको छ । अब अरु प्रजातिका कोरोना भाइरस खत्तम भएर महाराष्ट्र भेरियण्ट नै सबैमा संक्रमण हुने जोखिम बढ्न थालेको छ ।

नयाँ भेरियण्टको विकास रोक्न सकिन्छ ?
जबजब भाइरसले नयाँ शरीरमा छिरेर आफूलाई बदल्न थाल्छ, त्यसपछि नयाँ समस्या सुरु गर्न थाल्छ । यदी भाइरसको म्युटेशन नै रोक्न सकियो र नयाँ भेरियण्टको उत्पादन नै हुन पाएन भने समस्या नै हुन्न थियो । के हामी भाइरसको नयाँ प्रजातिको विकास हुने नसक्ने अवस्था बनाउन सक्छौं त ?

वैज्ञानिकहरु संसारको कुनै पनि औषधि वा खोपले भाइरसको नयाँ प्रजाति विकासलाई रोक्न नसक्ने बताउँछन् । तर मान्छेले भने भाइरसको यस किसिमको विकासलाई रोक्न सक्छ । भाइरसलाई नयाँ प्रजातिको विकास गर्न धेरै मान्छेको शरीमा पसेर म्युटेशन प्रक्रिया सञ्चालन गर्नुपर्ने हुन्छ । यदी कोही एकजनाको शरीरबाट अर्को शरीरमा भाइरस छिर्नै पाएन भने यो प्रक्रिया रोकिन्छ ।

यसको सबैभन्दा सजिलो उपाय हो मास्क लगाउने । डा राकेश मिश्र भन्छन्, ‘यदी तपाईँ मास्क लगाउनु हुन्छ भने संसारको जतिसुकै शक्तिशाली र संक्रामक भाइरस भए पनि तपाईँको केही विगार्न सक्दैन । सबैले मास्क लगाउने हो भने भाइरस अर्को शरीरमा छिर्न पाउँदैन र यसले म्युटेशन रोकिन्छ ।’ नयाँ प्रजातिको कोरोना भाइरस उत्पन्न हुन नदिने यही एउटा उपाय हो ।

बीबीसी हिन्दीबाट साभार ।


प्रतिक्रिया दिनुहोस्