सुस्ता जोड्ने डेढ किलोमिटर लामो पुलको निर्माण अघि बढ्यो, दुई वर्ष काम रोकिएको आयोजना कोरोना कालमा भने भकाभक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

सुस्ता जोड्ने डेढ किलोमिटर लामो पुलको निर्माण अघि बढ्यो, दुई वर्ष काम रोकिएको आयोजना कोरोना कालमा भने भकाभक



काठमाडौं । नारायणी नदी पारिको सुस्तालाई बाँकी नेपालसँग जोड्ने झोलुङ्गे पुलको निर्माण कार्यले तीव्रता पाएको छ । कोरोना महामारीका बीच पुल निर्माणको कार्य अघि बढेको हो । १५५८ मिटर लामो उक्त पुलका लागि १४ वटा पिलर बनाउनुपर्नेमा ९ वटा तयार भएसकेको छ ।

३० महिनामा निर्माण सक्ने लक्ष्यसहित २०७२ साल चैतदेखि निर्माण कार्य सुरु भएको यो आयोजनामा प्राविधिक समस्या आएपछि दुई वर्षसम्म काम हुनै सकेको थिएन । निर्माण सुरु भएको ५ वर्ष वित्दा पनि आयोजनाको आका काम सम्पन्न हुन सकेको थिएन । कोरोना महामारीबीच पुल निर्माणले गति लिएपछि सुस्ताबासीमा खुसी छाएको छ ।

दुई मिटर चौडाइमा निर्माण हुने यो पुल तयार भएपछि नेपालकै सबैभन्दा लामो पुल बन्ने छ । अहिले महाकाली नदीमा बनेको दोधारा–चाँदनी जोड्ने पुल नेपालको सबैभन्दा लामो पुल हो । यो पुलको लम्बाइ करीब १४५३ मिटर छ । नारायणीमा बन्ने पुल योभन्दा १०५ मिटर लामो हुने छ ।


प्रतिक्रिया दिनुहोस्