सोमबार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलामा ९२ हजार ८ सय पुग्यो « Arthapath.com
३ जेष्ठ २०७८, सोमबार

सोमबार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, तोलामा ९२ हजार ८ सय पुग्यो



कठमाडौं । साताको दोस्रो दिन आज सुन लगातार बढेको छ ।आज सुन तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

त्यस्तैगरी आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरी साताको पहिलो दिन हिजो आइतबार ९ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी चाँदी हिजो २० रुपैँयाले बढेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्