एमाले अध्यक्ष ओलीले माधव पक्षका ११ पुर्व सांसदलाई मात्र किन साेधे स्पष्टिकरण?

काठमाडाैं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका ११ जनामात्रै सांसदलाई मात्र स्पष्टिकरण सोधेका छन ।
शनिबार बसेकाे एमालेे स्थायी समिति बैठकले एमाले बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसहित ११ सांसदलाई कारवाहीकाे लागी स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।
शुक्रबार देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २८ सांसदकाे हस्ताक्षर बरिष्ठ नेता नेपालले बझाएका थिए । ओलीले स्पष्टिकरण साेधेका प्रतक्ष र नेपाल, झलनाथ खनाल, भिम रावल रहेका छन भने अरू साँसद समानुपातिक रहेका छन ।
यी हुन स्पष्टिकरण साेधिएका निवर्तमान सांसदहरू :
झलनाथ खनाल, माधवकुमार नेपाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का रहेका छन ।
प्रधानमनत्री तथा अध्यक्ष ओलीलीले हस्ताक्षर गरेका कतिपय सासंदले लिखित तथा मोखिक रुपमा आफुले हस्ताक्षर नगरेको र आफनो हस्ताक्षर दुरुपयोग भएको बताएकाले अहिले ११ जनालाई मात्र सोमबारसम्म लिखित जवाफ दिन आग्रह गरेका छन ।