आफ्नै नेतृत्वमा सर्वदलीय सरकारमा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ताकेको मध्यावधी निर्वाचनमा जान आफ्नै नेतृत्वको सर्वदलिय सरकारमा सामेल हुन आग्रह गरेका छन ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागी सबै दललाई सरकारमा आउन आग्रह गरेका छन ।
राजनितीलाई विपक्षीले साधनको रुपमा लिएको तर आफुले साध्यको रुपमा लिँदा समस्या निम्तीएको बताएका छन । ‘मेरो लागी राजनिती साधन होइन ससाध्यमात्र हो ।’ प्रधानमन्त्रीले विपक्षीलाई प्रश्न गर्दै भनेका छन् ‘निर्वाचनमार्फत ताजा नजादेशमा जान्छु भन्नु प्रतिगमन हो ?’
बजेटको अघिल्लो दिन प्रधानमनत्रीले निती कार्यक्रम जस्तै बजेटले समेट्ने कार्यक्रमहरुको फेरिहस्त वाचन गरेका छन । प्रधानमन्त्रीले ताजा जनादेशमा जानु प्रतिगमन होइन भन्दै निर्वाचनमा जान तयारमा रहन आग्रह गरेका छन ।
जनतामा जान्छु भन्दा प्रतिगमन भन्नु जनताको अवहेलना हो भन्दै उनले सबै दललाई मिलेर कोरोनाविरुद्धको महामारीमा जुट्न आग्रह गरेका छन ।