एसईईको नतिजा प्रकाशित,यसरी हेर्नुहोस् नतिजा ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ ।कोरोना महामारीको कारण यसवर्षको एसईईको परिक्षाफल विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आभारमा प्रकाशन भएको हो ।
परीक्षा नियन्त्रण कार्यालय काठमाडौंले एसईई परीक्षा २०७७ को नतिजा परिक्षा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ ।
परीक्षाफल जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१, इजी सर्भिस प्रालि ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
त्यसैगरी ww.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com वेभसाइटमा गएर हेर्न सकिने परिक्षा बोर्डले जनाएको छ ।