सत्ता गठबन्धनकाे साझा कार्यक्रम दिउँसो ४ बजे सार्वजनिक हुने, बजेटको प्रतिस्थापन विधेयक कहिले ? « Arthapath.com
२४ श्रावण २०७८, आईतवार

सत्ता गठबन्धनकाे साझा कार्यक्रम दिउँसो ४ बजे सार्वजनिक हुने, बजेटको प्रतिस्थापन विधेयक कहिले ?



काठमाडौं । कांग्रेस–माओबादी गठबन्धन सरकारले आज दिउँसो ४ बजे सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्ने भएको छ । सत्ता साझेदार दलका नेताहरुले उक्त दस्ताबेजलाई अन्तिम रुप दिइसकेका छन् ।

गठबन्धन दलका शीर्ष नेता र कार्यदलका सदस्यबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा साझा कार्यक्रमलाई अन्तिम रुप दिने सहमति भएको हो । नेपाली कांग्रेस, माओबादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले तयार पारेको कार्यक्रमलाई शीर्ष नेताहरु समेतको बैठकले अनुमोदन गरेको छ ।

नीति तथा कार्यक्रमलाई सरकारको नयाँ बजेटको आधारशीलाका रुपमा हेरिन्छ । याे वर्ष सरकारले नीति तथा कार्यक्रम ल्याउन नपाए पनि गठबन्धन दलकाे साझा कार्यक्रमलाइ याे वर्षकाे बजेटमा समेट्ने काेसिस सत्ता साझेदारहरूले गरेका छन् । यस अघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई नयाँ सरकारले संसदबाटै प्रतिस्थापन विधेयकद्वारा परिमार्जन गर्ने तयारी थालेको छ । यही बीचमा न्यूनतम साझा कार्यक्रम ल्याउन लागिएकाे हाे ।

नयाँ नीति तथा कार्यक्रमबाट नयाँ सरकारले के कस्ता प्राथमिकता अघि सार्छ भन्ने स्पस्ट स्पस्ट हुने छ । उक्त नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागि थिए । माओबादी केन्द्रका तर्फबाट देव गुरुङ र वर्षमान पुन, जनता समाजबादी पार्टीका तर्फबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागि थिए ।


प्रतिक्रिया दिनुहोस्