चैत मसान्तसम्म सबै नागरिकलाई खोप, यस्तो छ सत्ता साझेदार गठबन्धनको न्यूनतम साझा कार्यक्रम (दस्तावेजसहित) « Arthapath.com
२१ असार २०८२, शनिबार

चैत मसान्तसम्म सबै नागरिकलाई खोप, यस्तो छ सत्ता साझेदार गठबन्धनको न्यूनतम साझा कार्यक्रम (दस्तावेजसहित)



काठमाडौं । सत्ता साझेदार गठबन्धनले ‘संयुक्त सरकारको न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा आगामी असोज मसान्तसम्म एक तिहाई जनतालाई कोरोना विरुद्धको खोप लगाइसक्ने उल्लेख छ । आउँदो चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई यस्तो खोप लगाइसक्ने कार्यक्रममा उल्लेख छ ।

१५ पृष्ठ लामो उक्त कार्यक्रममा कोभीड १९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखिएको छ । महामारी प्रभावित व्यवसायका लागि विशेष आर्थिक राहत प्याकेज ल्याउने योजना पनि गठबन्धन दलहरुले अघि सारेका छन् ।

त्यस्तै, शान्ति प्रक्रियालाई पूर्णता दिने, राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गर्ने, संघीयता कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारलाई अझ बलियो बनाउने कार्यक्रममा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्