राजनीतिक दल फुटाउने अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। रिट दर्ता प्रकियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनले आजै दिउँसो ३ बजेभित्र रिट निवेदन दर्ता भइसक्ने बताए।
अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुषाल, अनुप अर्याल, प्रवेश केसी, श्रीकान्त बराल, निवेश लम्साललगायतले अध्यादेश गैरसंवैधानिक भएको भन्दै खारेजीको माग सहित सर्वोच्च अदालतमा रिट पेश गरेका हुन्।
मंगलबार सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी भएको हो। राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै संसदको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएका छन् । दुबै दलबाट अलग्गिने समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया थालिसकेका छन् ।