बोर्ड अध्यक्ष ढुंगानाको चेतावनि ‘सरकारले निलम्बन गरे अदालत जान्छु’ « Arthapath.com
९ भाद्र २०७८, बुधबार

बोर्ड अध्यक्ष ढुंगानाको चेतावनि ‘सरकारले निलम्बन गरे अदालत जान्छु’



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले नैतिकता र अुसन्धानमा सहज होस भनेर राजीनामा दिएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई पनि राजीनामाको दवाव परिरहेको छ ।

सर्वोत्तम सिमेन्टको संस्थापाक शेयर आफ्नो परिवारको नाममा खरिद गरेको आरोप लागेपछि साउदले राजीनामा दिएका थिए भने बोर्ड अध्यक्ष ढुंगानालाई पनि दवाव परेको हो । तर धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले भने आफूले पदमा बसेर कुनै गलत काम नगरेको दावी गरिरहेका छन् ।

उनले आफूले कुनै गल्ति नगरेकाले राजीनामा नदिने बताएका हुन् । सीईओ साउदले नैतिकताको आधारमा राजिनामा दिएपनि अध्यक्ष ढुंगानाले भने आफू राजीनामा नदिने बताएका हुन् ।

ढुंगानाले भने आफ्नो विवाहित छोरीले सो शेयर किनेको र यसमा आफु संलग्न नरहेको र गल्ति नै नगरेकोले राजिनामा नदिने बताएका हुन् । यता अर्थ मन्त्रालयले भने यस विषयमा छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ । आफूले गल्ति गरेको प्रमाणित गर्नुपर्ने उनको भनाई छ । आफूलाई निलम्बन गर्यो भने अदालत जाने उनले चेतावनि दिए ।


प्रतिक्रिया दिनुहोस्