प्रदेश तथा स्थानीय तहका १ हजार ४ सय सडक आयोजना खारेज « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

प्रदेश तथा स्थानीय तहका १ हजार ४ सय सडक आयोजना खारेज



काठमाडौं । प्रदेश तथा स्थानीय तहका १४ सय सडक आयोजना खारेज गरिएको छ । प्रतिनिधिसभामा शुक्रबार संशोधित बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले १ हजार ४०० सडक आयोजना खारेज गरिएको बताएका हुन् ।

आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १ हजार ४०० सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेज गरिएको मन्त्री शर्माले जानकारी दिए ।

उनले भने, मृद्ध नेपाल निर्माणको आधारको रुपमा रहेको सडक निर्माणलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङक तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइनेछ । आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयनबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका १ हजार ४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरेको छ’, बजेटमा भनिएको छ ।

त्यस्तै, मन्त्री शर्माले कोरोना भाइरस विरुद्धको खोप किन्न थप ५ अर्ब रुपैयाँ बजेट जोहो गरेको बताएका छन् । सरकारले खुद्रा प्रशासनिक खर्च कटाएर यति ठूलो रकम छुट्याएको बताएको छ ।

केपी ओली नेतृत्वको सरकारले बैठक भत्ता, इन्धन, सवारी मर्मत, कर्मचारी तालिम, सीप विकास तथा जनचेतना तालिम, गोष्ठि, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्चजस्ता खुद्रे योजनामा करीब ५० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो ।

उक्त रकमबाट न्यूनतम १० प्रतिशत बजेट थुतेर खोप किन्ने कोषमा रकम थपिएको अर्थमन्त्री शर्माले जनाएका छन् । उनले बजेटको प्रतिस्थापन विधेयकमा गत बुधबार अर्थात् २३ भदौसम्ममा १७ प्रतिशत जनसंख्याले कोभीड १९ विरुद्धको खोप लगाइसकेको उल्लेख गरेका छन् ।

कुल ५७ लाख ३० हजार जनाले पहिलो मात्रा र ५१ लाख २ हजार जनाले पूर्ण मात्रा खोप लगाइसकेको उल्लेख छ । यसका साथै हालसम्म १ करोड ३३ लाख ५९ हजार मात्रा ९डोज० खोप नेपाल भित्रिसकेको र करीब ३ करोड मात्रा प्राप्त हुने क्रममा रहेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्