राजा महेन्द्र राष्ट्रवादी थिए ! « Arthapath.com
९ आश्विन २०७८, शनिबार

राजा महेन्द्र राष्ट्रवादी थिए !



रामहरि रिमाल बाजे

१. भारतीय कूटनीतिको सामुमा कहिल्यै झुकेनन् ।

२. पैदलै हिँडेर आफ्नो देशको भूभागको भ्रमण गरेर देश र जनतासमेतको अवस्था आफ्नै आँखाले स्वअध्ययन गरे ।

३. २०११ सालको भारी वर्षात्बाट तहसनहस भएको चुरेदेखि उत्तरका मध्यपहाडी भागका बाढी–पहिरोपीडित दुःखीलाई भित्री मधेस र तराईका खाली जमिनमा एक बिघादेखि चार बिघासम्म जग्गा प्लटिङ गराएर पुनर्बास गराउने गरी कृष्णबम मल्लको अध्यक्षतामा राप्ती दून विकास विभाग स्थापना गराएर पुनर्बासीलाई एक वर्षसम्म रासन दिएर ट्र्याक्टरले जग्गा जोतेर बस्ती बसालेको बिसर्नुहुँदैन ।

४. हेटौँडादेखि नारायणघाट ५२ माइल बाटो तथा भरतपुर र मेघौलीमा एयरपोर्ट बनाए, रामपुर कृषि फर्म बनाएर कुखुराको फुल कोरल्नेदेखि पशु प्रजनन केन्द्रसमेत स्थापना गरे ।

५. बालाजु, पाटन, हेटौँडालगायत स्थानमा औद्योगिक क्षेत्रको समेत स्थापना गराएर प्राविधिक तालिम केन्द्र सञ्चालन गराएका थिए । त्यसपछि नेपालमा औद्योगिक मजदुरको जन्म भयो ।

६. आसाम र बर्मामा बसिरहेका नेपालीलाई चार–चार बिघा जग्गा दिएर पुनर्बास राखेर भरतपुर, नवलपुर र मोरङमा बर्माली बस्ती र टोल स्थापना गरे ।

७. सबैभन्दा ठूलो काम परराष्ट्र नीतिको विकासमा असंग्लन राष्ट्र, परराष्ट्रको प्रथम सम्मेलनमा युगोस्लाभियाको बेलग्रेडमा राष्ट्रपति मार्सलटिठोसँगै उभिएर असंलग्न राष्ट्रको सदस्यको हैसियतबाट सारगर्भित सम्बोधन गरेर विश्वका सामु नेपालको नाम चिनाउन सफल भएको थियो । त्यसपछि विश्वमा नेपाल देशको अलग्गै परिचय र नेपालको बारेमा धेरैले चासो राख्न थालेको हो । त्यसभन्दा अघि नेपाललाई विश्वले भारतकै भनेर चिन्थ्यो । भारतको उत्तरी सिमाना नेपालको हिमाल भनेर विश्वलाई भ्रम पारिएको थियो । उक्त भ्रम महेन्द्रले चिर्न सफल भएको तथ्य बिर्सन हुन्न ।


८. पूर्व–पश्चिम राजमार्गको निर्माण क्रममा इन्दिरा गान्धीले पहाडी भागमा जे–जे गरे पनि तराईभित्रका विकास निर्माणमा हामीसँग सोधेर मात्र गर्नुपर्ने प्रस्ताव राखेपछि खरो जवाफ दिएर मेरो देशमा बाटो बनाउँदा तपाईंलाई किन सोध्ने ? भनेर प्रतिप्रश्न गरेर पथलैयादेखि ढल्केबरसम्मको हाइवे अमेरिकनको सहयोगले बनाएका थिए ।

९. तराई क्षेत्रमा नेपाली रुपैयाँ चलाउनैपर्ने व्यवस्था लागू गराएको र नेपाली भाषामा अनिवार्य पठन–पाठन सुरु गराएका थिए ।

१०. जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी मिल, वीरगन्ज कृषि औजार कारखानासमेत अमेरिकनको सहयोगबाटै स्थापना गराएर तराईको आर्थिक उन्नतिको सुरुवात भयो ।

११. चीनद्वारा कोदारी राजमार्ग, टेकु र सिंहदरबार अगाडिको नेसनल ट्रेडिङ लि. स्थापना गराएर रसियन, चाइनिज, कोरियामा उत्पादित मेसिन, उपकरण औजार बिक्रीको व्यवस्था सुरु गराए । सरकारी दररेटमा जनतासम्म पु¥याउन जिल्ला–जिल्लामा साझा पसल चलाएर कोरियन पेपर ब्याग, सिमेन्टी ५० केजी रु. १७÷– (सत्र रुपैयाँ मात्र)मा उपलब्ध गराएर १६ हजारमा रसियन जिप खरिद गर्न पाइन्थ्यो । नुवाकोटमा पनि त्यसबेला पाँच वटाभन्दा बढी जिप चलेका थिए । ०५० सम्म नुवाकोट–रानीपौंवा–बालाजु–सोह्रखुट्टे जिप सञ्चालन भएको देखिन्थ्यो ।

१२. त्रिपुरेश्वरको दुई–तीनवटा टहरामा स्थापना भएको त्रिभुवन विश्वविद्यालयलाई नमुना बनाएर इतिहास रचेका थिए ।

१३. बढ्दो सहरीकरणलाई ध्यानमा राखेर चक्रपथको सुरु गरेर सहरी र व्यावसायिक विकास र विस्तारमा आधुनिकीकरण थाले ।

१४. सबैभन्दा ठूलो जनप्रेमी र जनवादी कार्यक्रम २०२१ सालमा लागू भएको भूमिसुधार, धर्मभकारी र हलिया कमैया मुक्ति कार्यक्रमले ठूलै उथल–पुथल गराए तापनि दबोरिया काजीदेखि जरसाहेव र ठूला जमिनदारले ९० रोपनीदेखि बढी भएका जग्गा आफ्ना पाङ्ग्रे कुकुरका नाममा समेत नामसारी गराएर सुकुमबासीसम्म पुग्नै दिएनन् । उदाहरणका लागि नुवाकोटका विगतको सूर्यमती, हालको लिखु गाउँपालिकाको ऋषिकुमार पाण्डेलाई हेरे हुन्छ ।

१५. विभिन्न जिल्लामा स्थापना भएका उद्योग क्षेत्र र स्थायी उद्योगका लागि चाहिने कच्चापदार्थको संरक्षणका लागि स्थापित कपासखेतीको स्थापना उनैले गराएका थिए ।

१६. राजधानीदेखि जिल्लामा समेत विभिन्न कार्यका लागि गरिएका जग्गा अधिकरणबाट आज स्कुल, क्याम्पस, जनस्वास्थ्य कार्यालय र स्थानीय प्रशासन कार्यालयसमेतले आफ्ना कार्य सञ्चालन गरेका छन् । उदाहरणका लागि नुवाकोटमै हेर्न सकिन्छ, ढुङ्गेको जिल्ला कृषि शाखादेखि विदुरको दूरसञ्चार वन कार्यालयसम्मका सयौँ रोपनी जग्गा र बट्टार क्याम्पससमेतलाई हेर्न सकिन्छ । आजको समयमा एक–दुई रोपनी जग्गा अधिकरण गर्नुपर्दा ठूलै हंगामा प्रहरी र जनताबीचमा मुठभेड हुन्छ । त्यसबेला सरकारले घोषणा गरेपछि सबै हवस् हजुर भन्थे । सरकारको आदेश सहज स्वीकार गर्थे । आज नुवाकोटमा एसियन स्ट्यान्डरको उत्तर–दक्षिण राजमार्गको रूपमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जग्गा अधिग्ररण गर्न नपाउँदा निर्माण नै अलपत्र परेको छ । जिल्लाको सदरमुकाम र आसपासका क्षेत्रको सडक भत्केर–भत्काएर छाडिएको छ । योजनाले मुआब्जा नियमानुसार दिन्छु भन्दा पनि सरोकारवाला निर्माणमा बाँध हाल्न अदालत पुगे । अदालतले अहिले केही नगर्नु भन्ने आदेश दिएपछि राष्ट्रिय महत्व र गौरवको भारतको परनिर्भरताको विकल्पको रूपमा उत्तरको छिमेकी जोडिने सडक सुरु भएको ६ वर्ष हुँदा पनि काम अगाडि बढ्न नसक्नुलाई के भन्ने ?

१७. सबैभन्दा ठूलो उपलब्धि परराष्ट्र सम्बन्ध र विदेश नीतिमा दौत्य सम्बन्धले ल्याएको दोस्तीमा बढाएको मधुरता साथै संसारलाई नेपाल भन्ने नामको प्राकृतिक, सांस्कृतिक धनी देश हिमाली क्षेत्र भनेर गराएको चिनारी नै विश्वले अहिले नेपाललाई चिन्ने सेतु बनेको छ ।

विनपा– १, ढुङ्गे, नुवाकोट

Tags :

प्रतिक्रिया दिनुहोस्