राजनीतिमा मूल्य–मान्यताको संस्कार « Arthapath.com
२७ कार्तिक २०७८, शनिबार

राजनीतिमा मूल्य–मान्यताको संस्कार



केही महिना पहिले नेपाली काङ्ग्रेसले १४औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायत पार्टी सङ्गठनको अस्तित्वलाई जीवन्त बनाउने एउटा अभ्यासको थालनी ग¥यो । त्यतिबेला टिप्पणी सुनियो– चुनावको बेला मात्र सङ्गठन चाहिने नेपाली काङ्ग्रेस पनि सुध्रिएछ, उसलाई पनि एमालेलाई जस्तै मतदाताको तल्लो तह, वडा तहसम्म सङ्गठन व्युँताउने चस्का पसेछ भनेको पनि सुनियो । उनीहरूले सुरु गरेको त्यो प्रक्रिया अहिले कहाँ पुग्यो त्यो उनीहरूकै विषय भयो । जनताको बीचमा घनिष्ठ सम्बन्ध स्थापना गरेर सङ्गठन माध्ययबाटै आफूलाई स्थापित गरेर पपुलर बनेको नेकपा एमालेले पनि गत असोज पहिलो हप्तामा सम्पन्न गरेको विधान महाधिवेशनको निर्णयबमोजिम यसै महिनाको पहिलो र दोस्रो हप्ताभित्र वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरी आगामी मङ्सिर दोस्रो हप्ता सम्पन्न गर्ने १०औँ महाधिवेशनका लागि कात्तिक २७ गते प्रतिनिधि चयन गरिसक्ने योजनामुताबिक अहिले मैदानमा छ । अन्य राजनीतिक दलका पनि यस्ता गतिविधि जिल्लामा भइरहेका छन् ।

जुनसुकै पार्टीका लागि यी यस्ता खालका अपरिहार्य गतिविधिले नै उत्कृष्टताको प्रतिस्पर्धा, कार्यकर्ताद्वारा अनुमोदित र जनताद्वारा स्वीकार्य नेता, जनचाहनाअनुसारको नेतृत्व र नेतृत्वको नीति निर्माणमा सहयोग पु¥याउने हो । राजनीतिमा चल्ने यस्तो चक्रिय स्वरूप जसलाई लोकतन्त्र, गणतन्त्र वा जनवाद आ–आफ्नै परिभाषा जहाँ जे लगाइए पनि, अन्ततः शारवस्तु एकै हो । विचारले विचारको प्रचार र विवेकशील जनमतको स्वशासन नै यी गतिविधिका सार हुन् । मत वा विचारको सम्मान, मतदान विचार समूहको जनमत अर्थात् मतदाता र मतदाताको मतदानबाट प्राप्त अधिकारको रक्षा गर्ने नेतृत्व नै जनताको सच्चा प्रतिनिधि बन्ने हो । राजनीति गर्छु भनेर लागेका व्यक्ति यी पद्धति र प्रक्रियाका माध्यमबाट राज्यका विभिन्न तहका जिम्मेवारीमा पुग्नु, उच्चपदस्थ हुनु, शासन गर्नु वा जननेतृत्वमा रहनुको अर्थ लोकतान्त्रिक पद्धति वा प्रणालीमा शासन व्यवस्थाको सही प्रयोगकर्ताको भूमिका निर्वाह गरेको नै ठानिने हो ।

सबै पार्टीको अधिवेशन पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । औचित्य समाप्त भइसकेको विचारको र असान्दर्भिक चरित्रको नेतृत्वको बहिष्करण गर्दै हरेक पार्टीभित्र स्थापित आन्तरिक प्रक्रियाबाट असल नेतृत्वको चयन गर्नु पनि यस्ता अधिवेशनको अहम् भूमिका रहन्छ । तर, यस्ता अधिवेशन वा महाधिवेशनले सही र असल व्यक्ति वा नेतृत्व नै चयन गर्छ त ? यस्ता प्रश्न पनि अगाडि आएका छन् । अहिले मानिस जुन नेता बनाए पनि उस्तै छन्, कसलाई दिऊँ ? सबैको चरित्रमा दाग नलागेको भन्ने छँदै छैन भन्ने छ । कार्यकर्ता वा समुदायले उपयुक्त विकल्प नभेट्दा उनीहरू मौजुदा नेतामध्ये राम्रोलाई नेता ठान्छन्, तर उनीहरूले पद पाएपछि पदीय मर्यादा कायम गर्न विफल हुन्छन् र आजित जनताले औँला ठड्याउने क्रम सुरु हुन्छ ।

नत्र कोही मानिस राजनीतिमा किन लाग्ने ? राजनीतिको लक्ष्य के हो ? उत्तर छोटो र सीधा छ– राजनीतिको लक्ष्य हो, देशको उन्नति, जनताको सेवा । के नेपाली राजनीतिमा सबैभन्दा राजनीतिकर्मीको यस्तो उद्देश्य देखिन्छ त ? जनताले नेता चयन गर्दा नेताको चेत, प्रवृत्ति र संलग्नताको कुनै ख्याल गर्दैनन् । जुन समाजमा भ्रष्टाचार, बदमासी र अराजकता र अनुशासनहीनता व्यक्ति वा नेता चुन्ने बेलामा मुद्दा बन्दैन त्यो देश वा समाजले योग्य र इमानदार नेता छान्दैन वा छान्न सक्दैन ।

राजनीतिमा नीति र विचारलाई प्रमुख मानिन्छ । नीति, विचार, कार्यक्रम र उद्देश्यअनुकूल तथा त्यसअन्तर्गत सङ्गठनका मातहत नेता÷कार्यकर्ता हुनुपर्दछ भन्ने मान्यता रहेको छ । नीति, दर्शन, विचार र मूल्य रेलको त्यस्तो लिक हो जसको आधारमा नै गन्तव्यमा पुगिन्छ । राजनीतिक सङ्गठन पनि यसरी नै आफ्नो लक्ष्यतर्फ अघि बढ्न सक्दछ । नीति, योजना, कार्यक्रम, दर्शन, सिद्धान्त तथा उद्देश्य कमजोर भयो भने सङ्गठन जङ्गलमा हराएको यात्रु समान बन्न सक्ने हुन्छ । नीति, विचार र सिद्धान्तले सङ्गठन र व्यक्तिलाई एउटा निश्चित गन्तव्यको यात्रा तय गर्न सहज बाटो दिन्छ । हामीले कस्तो विचार र नीति बोकेका छौँ र व्यवहार गर्दछौँ भन्ने कुराले अन्य व्यक्ति र समाजलाई प्रभाव पर्ने र नपर्ने हुन्छ ।

यसको मुख्य कारण हरेक पार्टीको अधिवेशन वा महाधिवेशनजस्ता क्रियाकलापमा ध्यान नदिनाले हो । पार्टीभित्र खराब नेताको शुद्धीकरण गर्न नसक्नुको परिणाम हो । असल नेतृत्वलाई स्वीकार गर्न नसक्नुको तीतो यथार्थ हो । सबै पार्टीका कार्यकर्ताको एउटा गज्जबको रोग छ, त्यो के भने आफूलाई मन परेको वा नजिकका नेता–कार्यकर्ता सबै देवता हुन् र अरूका सबै खराब । भलै त्यो बलात्कारी, भ्रष्टाचारी, क्षमताविहीन र सामाजिक रूपमा पतन भएको किन नहोस्, आफ्नो पार्टीमा प्रवेश गरेपछि त्यसको देवत्वकरण गर्ने चलन छ । उसको अँध्यारो पक्षलाई छोप्ने चलन व्यापक छ । असल नेतामा हुनुपर्ने इमानदारिता, निष्ठता, आदर्शता, वास्तविकता, र बौद्धिकता गौण बन्दै गएको छ । भएका भनिएकाको पनि न आचरणमा देखिन्छ, न त व्यवहारमा नै ।

माथिका ती आचरण नै सबैभन्दा हानिकारक राजनीतिक व्यवहार हो जसले आजको स्थितिसम्म हामीलाई ल्याएको छ । भ्रष्टाचार, अशान्ति, बेथिति, विसङ्गति र गरिबी सिर्जना गर्नमा हामी पनि सम्मिलित छौँ किनकि तिनीहरूलाई सत्ताको भ¥याङ चढाएर त्यो हैसियत कमाइदिने हामी नै हौँ । दक्षिण कोरिया जसको हैसियत हाम्रो देशभन्दा पनि तल्लोस्तरको थियो जसलाई भोकमरीबाट बच्न चन्द्रशमशेरले करिब ५० मुरी गहुँ अनुदानमा दिएको प्रसङ्ग खुब चर्चामा आउने गर्छ बेलाबखत, तर आज हामी मेरो छोरोको दक्षिण कोरियामा कामदार भिसा लागोस् भनेर दक्षिणकालीको भाकल गर्नुपर्ने विवशता हामीमा छ । त्यो किन भयो ? सबैले भन्छन्– त्यो नेताले गर्दा भयो, तर त्यसो होइन । त्यो नागरिक चेतनाको कमीले भइरहेको छ ।

अहिले पनि दुई ठूला राजनीतिक पार्टी नेकपा एमाले र नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको सरगर्मीले कार्यकर्ताको मन उथल–पुथल हुनुपर्ने हो, नेतृत्व वर्गले आफू नेतृत्वमा आए जिल्ला वा देशलाई यो मार्गमा डोहो¥याउँछु भनेर अबको योजना आमक्रियाशील कार्यकर्ता र आमजनतालाई अनुभूत गराउनुपर्ने बेला हो, तर कार्यकर्ता पनि यति ढुक्क छन् कि उनीहरूले मतदान गर्ने नेतृत्व पहिले नै निश्चित छन् अथवा भन्नुस् उनीहरू गुटमा आबद्ध छन् र नेतृत्व वर्ग पनि ढुक्क छन् किनकि उनीहरू क्षमताको चुम्बकले तान्ने मतभन्दा पनि गुटको मतमा विश्वास गर्छन् ।

नेतृत्वलाई थाहा छ राजनीति गर्न क्षमता चाहिन्न, बरु चाहिन्छ गुटमा आबद्धता र उच्च आर्थिक हैसियत जो जसरी कमाएको भए पनि चल्छ । खै त राजनीतिक कुशलता ? खै त नागरिक चेतना ? कुरो यी ठूला राजनीतिक दलका मात्रै कुरा होइन, यो रोग माओवादी केन्द्रलगायत भर्खरै विधि विधानको चर्को स्वर उराल्ने नेकपा समाजवादीलगायत सबै पार्टीलाई लागेको परम्परागत रोग हो जो अहिलेको महामारी कोरोनाभन्दा लाखौँ गुणा खतरनाक छ । हरेक पार्टीका युवाले बेलाबखत नेतृत्व हस्तान्तरणको कुरो त उठाउँछन्, तर उनीहरू उमेरमा मात्रै नयाँ हुन्, कार्यशैली, राजनीतिक संस्कार र क्षमताले होइनन् । अर्कोतर्फ युवालाई नेतृत्व हस्तान्तरण गर्दा पनि देशमा कायापलट होला भन्ने कुनै आशा पनि कम हुँदै छ । के अबको शिक्षित र चेतनशील युवाले पुरानै शैलीको नेतृत्वलाई स्वीकार गरिरहलान् ? विचार गर्ने बेला आएको छ । फेरि युवा कसलाई भन्ने ? मेरो दृष्टिकोणमा युवा उमेरले हुने होइन । युवा त विचार, क्षमता, इमानदारिता र ऊर्जाले हुने हो । किनकि युवाबीच राजनीति पेसा होइन, सेवा हो भन्ने कुरा स्थापित गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौतीको विषय हो ।

नत्र कोही मानिस राजनीतिमा किन लाग्ने ? राजनीतिको लक्ष्य के हो ? उत्तर छोटो र सीधा छ– राजनीतिको लक्ष्य हो, देशको उन्नति, जनताको सेवा । के नेपाली राजनीतिमा सबैभन्दा राजनीतिकर्मीको यस्तो उद्देश्य देखिन्छ त ? जनताले नेता चयन गर्दा नेताको चेत, प्रवृत्ति र संलग्नताको कुनै ख्याल गर्दैनन् । जुन समाजमा भ्रष्टाचार, बदमासी र अराजकता र अनुशासनहीनता व्यक्ति वा नेता चुन्ने बेलामा मुद्दा बन्दैन त्यो देश वा समाजले योग्य र इमानदार नेता छान्दैन वा छान्न सक्दैन । राजनीतिमा लागेका र रहेका मान्छेको चरित्रले बदनाम बनाएको राजनीति संग्लो बनाउने के गरी भन्ने चिन्ता पनि आजको राजनीतिमा छ । मत जाहेर गर्ने वा मतदान गर्ने मतदातासँगको सम्बन्ध कायम नभएको राजनीति, राजनीतिले नीति बनाउनुपर्नेमा नीति भत्काउने काम भइरहेको छ । ‘हल नमिलेको हलगोरु’ जस्तो आजको राजनीतिमा नेता–कार्यकर्ता र जनता छन् । यो जनमतको कदर गर्नुपर्ने ख्याल नगरिएको परिवेश हो । नेपालमा राजनीति गर्ने नेतालाई हेर्ने दृष्टिकोण आज किन नकारात्मक बन्यो । राजनीति भनेपछि ‘फोहोरी खेल’ भनेर अधिकांश मानिसको मानसपटलमा किन जरो गाड्दै छ ? यी सबैको कारण वर्तमान राजनीतिक चरित्रले कोरेको गलत चित्र हो जो कसैलाई मन परेको छैन ।

के हामीले ल्याएको गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र र राजनीति–कानुनी परिवर्तन भनेको सामाजिक, सांस्कृतिक र संस्कारजन्य परिवर्तनसमेत होइन ? वर्तमान र राजनीतिक परिवेशमा केवल गाली, आरोप र आक्षेप मात्र लगाउने कुराले राजनीतिक संस्कृति बिग्रनेसिवाय केही हुन्न । राजनीतिमा लोकतान्त्रिक संस्कार र संस्कृतिको विषय धेरै नै अर्थपूर्ण कुरा हो ।

के हामीले ल्याएको गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र र राजनीति–कानुनी परिवर्तन भनेको सामाजिक, सांस्कृतिक र संस्कारजन्य परिवर्तनसमेत होइन ? वर्तमान र राजनीतिक परिवेशमा केवल गाली, आरोप र आक्षेप मात्र लगाउने कुराले राजनीतिक संस्कृति बिग्रनेसिवाय केही हुन्न । राजनीतिमा लोकतान्त्रिक संस्कार र संस्कृतिको विषय धेरै नै अर्थपूर्ण कुरा हो । संस्कार, सभ्यता, मूल्य र राजनीतिक संस्कृति बिग्रियो भने राजनीतिक सङ्गठन मात्र ठूलो बन्ने कुरा दाना र औषधि खाएर मोटाएका ब्रोइलर कुखुरा समान हुन पुग्दछ । जसमा मासु त हुन्छ तर उड्ने क्षमता, सिकार गर्ने कला, समूहमा बाँच्ने सीप, सहयोग र सामूहिकता भन्ने केही बाँकी रहन्न । नेपाली राजनीतिको इतिहास हेर्ने हो भने आफूसँग नभएको समूह, दल वा व्यक्तिलाई तथानाम गाली गर्ने र आरोप लगाउने संस्कार झाँगिँदै गएको छ । विशेषगरी कम्युनिस्ट पार्टीमा त्यो अझ बढी देखिएको छ । कम्युनिस्ट पार्टीमा ‘कमरेडी भावना र हार्दिकता’ बढी हुन्छ भन्ने सिकाइयो, पढाइयो र पढियो । तर, व्यवहारमा त्यो देख्न पाइएन । आफूसँग छुट्टिएकोलाई उछित्तो काढ्ने सोच, शैली र निषेधका व्यवहार गर्ने गरेको पाइन्छ । यसमा परिवर्तन र सुधार आवश्यक छ ।

हाम्रो राजनीति र सामाजिक मूल्यलाई पनि बचाउने हो भने आधारभूत तहको राजनीतिक मूल्य, संस्कार र संस्कृतिलाई जोगाउनैपर्छ । अर्काे पक्षलाई खुइल्याएर मात्र आफू ठूलो बनिने होइन कि आफ्नै नीति, विचार, सिद्धान्त र मूल रूपमा कार्यशैली एवम् व्यवहारले मानिस र समूहलाई उच्च स्थान प्राप्त गर्न सहयोग गर्दछ । अर्को व्यक्ति, समूह वा पार्टीलाई गाली नगरेसम्म राम्रो नेता÷कार्यकर्ता होइन्न कि भन्ने सबैमा छ । अरूको कुरा सुन्नै नसक्ने र खराबै भए पनि आफ्नो पक्षका कुरा ठीक भन्ने परिपाटी सबैतिर छ । पार्टी बैठकमा पार्टीका नीति–कार्यक्रमबारे छलफलमा भन्दा अरूलाई खेदो खनेर समय बिताइन्छ । यो पनि गलत संस्कार नै हो । कम्तीमा पनि अग्रज भन्नेले नयाँ पुस्तालाई सभ्य, शालीन र नीतिपरक राजनीतिक संस्कार सिकाउन सक्नुपर्छ । यसका लागि आफैँ उदाहरणीय बन्नुको विकल्प छैन ।


प्रतिक्रिया दिनुहोस्