बतास समूहको ५ पान्नामा ७ बुँदे स्पष्टिकरण, लगानी र क्षतिपूर्तिसहित सबै सम्झौता खारेज गरेपनि आपत्ति छैन् « Arthapath.com
२८ पुष २०७८, बुधबार

बतास समूहको ५ पान्नामा ७ बुँदे स्पष्टिकरण, लगानी र क्षतिपूर्तिसहित सबै सम्झौता खारेज गरेपनि आपत्ति छैन्



काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा क्याफे चलाउन लाग्दा विवादमा आएपछि बतास समूहले स्पष्टिकरण दिएको छ । ५ पेजमा विभिन्न ७ वटा बुँदाको प्रेस विज्ञप्ति जारी गर्दे बतास समूहले सञ्चारमाध्यमले प्रायोजित र पक्षपातपूर्ति तरिकाले आफूहरूमाथि लाञ्छना लगाएको स्पष्टिकरण दिएको छ ।

बतास समूहले लगानीको उचित क्षतिपूर्तिसहित आजकै मितिमा सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ट खारेज गरेमा आपत्ति नहुने बताएको छ । बतास समहू सबैभन्दा बढी रुष्ट सञ्चारमाध्यमप्रति देखिएको छ ।

नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया भवन र संग्रहालयअन्तर्गतको गणतन्त्र स्मारकभित्रको क्याफ्टेरिया भाडामा दिने गरी टेन्डर आह्वान गरिएपछि आफूहरूले कानूनसम्मत तरिकाले ठेक्का पाएको बतासले जनाएको छ । मासिक २ लाख २१ हजार ६१८ रूपैयाँ भाडा तिर्ने गरी वीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच २०७७ साल पुस १७ गते सम्झौता भएको बताएको छ । तर, कतिपय अनलाइनहरूले मासिकलाई वार्षिक भन्दै समाचार प्रकाशित गरेर भ्रम फैलाएको बतास समूहको भनाई छ ।

‘सो भाडासमेत हाल रहेको क्याफिटेरीया भवनको २३०० वर्गफिटको मात्र हो र त्यस भवन बाहेक प्रत्यक्ष रूपमा जे जति रूपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोकेबमोजिमको थप भाडा तिर्नुपर्ने शर्त सम्झौतामा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ । ‘क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने’ पनि शर्तमा उल्लेख गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तीन वर्षका संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र ५ करोड भन्दा माथिको लगानी गर्ने योजना रहेको थियो । हालसम्म ३ करोडभन्दा बढी लगानी गरिसकेको बताएको छ । मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच २०७७ साल पुष १७ गते सम्झौता भएको थियो । तर कतिपय अनलाइनहरुले मासिकलाई वार्षिक भन्दै समाचार प्रकाशन गर्नु अवश्य पनि सामान्य त्रुटी नभएको बताएको छ ।

यता भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भई डेढ वर्ष भन्दा बढी समयसम्म सञ्चालनमाा आउन नसकेको पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको नेपाल भारतमैत्री पशुपति धर्मशाला भाडामा लिन होटल आनन्द प्रा.ली र पशुपति क्षेत्र विकास कोषबीच २०७६ साल बैशाख ३० गते सम्झौता भएको हो । सम्झौताले निर्दिष्ट गरेका शर्तहरुको अधिनमा रही हालसम्म होटल आनन्द प्रा.लि.ले धर्मशाला सञ्चालन गरिरहेको बतास समूहको दाबी छ ।
“धर्मशाला भाडामा दिने जिम्मेवार निकायलाई नै पशुपति विकास कोषलाई किन धर्मशाला भाडामा दिइएको भनेर प्रश्न गर्नुको सट्टा आफ्नो व्यवसायिक धर्म निभाउँदै धर्मशाला भाडामा लिई सञ्चालन गर्ने व्यापारिक कम्पनीलाई अनेकौँ कपोकल्पित र भ्रामक आरोपहरुसहित बदनाम गर्ने काममा नलाग्न हामी आग्रह गर्न चाहन्छौं ।” विज्ञप्तिमा भनिएको छ, “धर्मशालाका सम्बन्धमा प्रश्न उठाउँदा पशुपति विकास कोषले बिसौ वर्षदेखि भाडामा दिएको गौशाला स्थित धर्मशाला र निजी क्षेत्रले भाडामा लिएर सञ्चालन गरिरहेको धर्मशालाबीच सेवाग्राहीले तिर्नु पर्ने सेवाशुल्कको मात्रै तुलना नगरी त्यहाँ उपलब्ध सेवा र सुविधाहरुका बारेमा समेत तुलना गरिदिनुहुन हाम्रो आग्रह छ । धर्मशाला परिसरमा त्यसको सौन्दर्य थप गर्ने तथा निःशुल्क दृश्यावलोकन गर्न नेपालका भिन्टेज गाडीहरुको संरक्षण गर्ने उद्देश्यले राखिएका पुराना मोडलका गाडीहरुलाई सोरुममा बेच्न राखिएका गाडीका रुपमा प्रचार गरिएकोमा हामीलाई दुःख लागेको छ ।”


प्रतिक्रिया दिनुहोस्