६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको सामाजिक सुरक्षा कोषले २ अर्ब ७६ करोड रुपैयाँ योगदान रकम संकलन « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको सामाजिक सुरक्षा कोषले २ अर्ब ७६ करोड रुपैयाँ योगदान रकम संकलन



काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १२ अर्ब ७६ करोड रुपैयाँ योगदान संकलन गरेको छ ।

कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४१९ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । त्यस्तै, कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत ९ करोड ७१ लाख ७२ हजार ४१३ रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १८० रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १ करोड ८६ लाख ३० हजार १४१ रुपैयाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ ।

कोषका अनुसार हालसम्म १२ अर्ब ७६ करोड रुपैयाँ योगदन रकम संकलन भएको छ । कोषले ४ प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र ३ लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन् ।

हालसम्म बाग्मतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट १ हजार ८३०, लुम्बिनीबाट १ हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन् ।

कोषमा सबैभन्दा बढी बाग्मती प्रदेशबाट २ लाख ३२ हजार ३३५ जना, प्रदेश नं १ बाट ३१ हजार ८२० जना, मधेस प्रदेशबाट १८ हजार १८२ जना, गण्डकीबाट १२ हजार ७६२ जना, लुम्बिनीबाट ११ हजार ६६७ जना, सुदूरपश्चिमबाट १ हजार २३३ जना र कर्णालीबाट ९८८ जना योगदानकर्ता सूचीकृत भएका छन् ।

सामाजिक सुरक्षा कोषलाई सरकारले दिने भनेको डेढ अर्ब रुपैयाँ नदिएको कोषले बताएको छ । गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अझैसम्म निकासा नभएको कोष बताउँछ ।

सामाजिक सुरक्षा कोषका अनुसार सरकारले घोषणा गरेको १ लाख ७५ हजार योगदानकर्ताको करीब डेढ अर्ब रूपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनुपर्ने भएपनि उक्त रकम निकासा नभएको हो ।


प्रतिक्रिया दिनुहोस्