चालु आवमा साढे १५ खर्ब रुपैयाँ बजेट खर्च गर्ने « Arthapath.com
२७ माघ २०७८, बिहीबार

चालु आवमा साढे १५ खर्ब रुपैयाँ बजेट खर्च गर्ने



काठमाडौं । सरकारले अर्धवाषिर्क समीक्षामार्फत १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ खर्च हुने बताएका छन् । बिहीबार बजेटको अर्धवार्षिक समीक्षाको पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट पूर्ण रुपमा खर्च नहुने बताएका हुन् ।

सरकारले सुरुको विनियोजनबाट ९४.७ प्रतिशत अर्थात ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेको छ । अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गर्नेछ ।

यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य रहेको थियो । अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्