सवारी साधन आयातमा एलसी खोल्न बन्दबारे प्रधानमन्त्रीको चासो « Arthapath.com
२३ असार २०८२, सोमबार

सवारी साधन आयातमा एलसी खोल्न बन्दबारे प्रधानमन्त्रीको चासो



काठमाडौं । चैत्र २५ गते, नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेको छ ।

उक्त भेटघाटमा अध्यक्ष थापाले नेपालको अटोमोवाइलक्षेत्रमा २ खर्ब रुपैयाँ भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्ब रुपैयाँभन्दा बढी राजश्वमा योगदान पुर्याउदै आएको जानकारी गराएका थिए । साथै उनले देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको बताए ।

नेपालको अटोमोवाइलक्षेत्रलाई नजर अन्दाज गर्दै बैंक जस्ता वित्तीय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी प्रतितपत्र खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको प्रति गुनासो ब्यक्त गरेका थिए । उक्त निणैयलाई तत्काल सम्बोधन गरिदिन व्यवसायीहरुले आग्रह गरेका छन् ।

उक्त छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइलक्षेत्रको ठूलो योगदानका बावजुत पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरेका थिए ।

छलफलको क्रममा प्रधानमन्त्री देउवाले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिँदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिए ।

छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्