निलम्बित गभर्नर अधिकारीको रिट दर्ता « Arthapath.com
५ बैशाख २०७९, सोमबार

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता



काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि) लाई तोकिएको छ ।

सरकारले आफूलाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् । आइतबार सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर सर्वोच्च अदालत गएका थिए ।

अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आइतबार गभर्नर अधिकारीका वकिलले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

मन्त्रिपरिषद बैठकले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् । भण्डारीको नेतृत्वमा बनेको समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस्