शुक्रबारदेखि हवाई उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय « Arthapath.com
१५ बैशाख २०७९, बिहीबार

शुक्रबारदेखि हवाई उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय



काठमाडौं । एसएलओटी संसोधन नभएसम्मका लागि आन्तरिक उडान बन्द गर्ने विभिन्न एयरलाइन्सहरुले बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडानको सम्भावना नभएको भन्दै संसोधनको माग गर्दै सम्पूर्ण सेवा स्थगित गर्ने चेतावनी दिएको हो ।

प्राधिरकणले शुक्रबारदेखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने वायुसेवा संचालक संघले चेतावनी दिएको हो ।

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो । त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्