तथ्यांक विभागद्वारा प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक, कुन प्रदेशको कति वृद्धि ? « Arthapath.com
२२ बैशाख २०७९, बिहीबार

तथ्यांक विभागद्वारा प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक, कुन प्रदेशको कति वृद्धि ?



काठमाडौं । केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक बर्षको २०७८–७९ को प्रदेशस्तरीय जीडीपीको विवरण सार्वजनिक गरेको छ । बिहीवार तथ्यांक विभागले प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७८–७९ मा वाग्मती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले प्रादेशिक कुल गाहस्थ उत्पादन (जीडीपीमा) मा वाग्मती प्रदेशको सबैभन्दा बढी १७ खर्ब ९१ अर्ब रुपैयाँसहित ३६.९ प्रतिशत योगदान रहने जनाएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशको १ खर्ब ९८ अर्ब रुपैयाँले ४.१ प्रतिशतको योगदान रहने प्रक्षेपण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्