पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशैभर विद्यार्थी संगठन आन्दोलित, सरकार पक्ष आश्वासनमा सिमित « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशैभर विद्यार्थी संगठन आन्दोलित, सरकार पक्ष आश्वासनमा सिमित



काठमाडौं । आयल निगमले गत बैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा रु २०० वृद्धि गरेसँगै देशभर विद्यार्थी संगठन आन्दोलित भएका छन् । इन्धनको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन रहेका छन् । सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनसहितका १५ विद्यार्थी संगठनले संयुक्त रुपमा काठमाडौं उपत्यकामा आन्दोलन गर्नुका साथै देशका विभिन्न सहरहरुमा विद्यार्थीले आन्दोलन गरि रहेका छन् ।

काठमाडौं उपत्यका समेत प्रत्यक दिन मूल्य वृद्धि फिर्ताको माग गर्दै विभिन्न संगठनहरुले आन्दोलन चर्काउदै आएका छन् । आज (जेठ १२ गते) पनि सयुक्त विद्यार्थी संगठनले शान्ति वाटिका रत्नपार्कमा साँझ ७ बजे टर्चलाइट जुलुसगर्नेछ । यस्तै विद्यार्थी सङ्गठनले जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ समेत गरेका हुन् ।

मुल्यवृद्धिको विरोधमा मंगलबार एमाले समर्थित अनेरास्ववियूले र राष्ट्रिय युवा संघ नेपालले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । सरकारले गरेको मूल्य वृद्धिका विरुद्ध एमाले सम्बद्ध भातृ संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । मूल्यवृद्धिले जनताको दैनिक जिवनयापनलाई समस्या पारेको भन्दै एमाले सम्बद्ध भातृ संगठनहरुले सोमबार बागलुङमा विरोध प्रदर्शन गरेका हुन् । सडकमा चुलो बाल्नुका साथै खाली सिलिण्डर र सवारी साधान प्रर्दशन सहित युवा विद्यार्थी र महिलाहरुले मूल्य वद्धिको विरोध गरेका हुन् । एमालेका भातृ संगठनहरु अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) बागलुङ, अखिल नेपाल महिला संघ बागलुङ र राष्ट्रिय युवा संघ बागलुङले संयुक्त रुपमा मूल्य वृद्धिको विरोध गरेका हुन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै इलामका युवा र विद्यार्थीले मसाल जुलुस प्रदर्शन गरेका छन् । उनीहरूले बुधबार साँझ इलाम बजारमा मसाल जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी चढेको गाडी विद्यार्थीले सडकमै रोकेर विरोध प्रदर्शन गरेका छन्। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिदेव क्याम्पस चारआलीका विद्यार्थीहरूले पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग राख्दै नेपाल आयल निगम, चारआली डिपो घेराउ गर्न जाने क्रममा मन्त्री सरावगी चढेको गाडी रोकेर विरोध प्रदर्शन गरेका हुन् ।

इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छन् भने पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा अनेरास्ववियु डोटी द्वारा जिल्ला सदरमुकाम सिलगढीमा निकालिएको राके जुलुस निकालिएको छ ।


देशभर विद्यार्थी संगठनले विभिन्न चरणमा आन्दोलन जारी राखेका छन् । साथै मूल्य वृद्धि फिर्ता नभएसम्म निरन्तर सडक आन्दोल गर्ने समेत विद्यार्थी संगठनले चेतावनी दिएको छ । एमाले निकट भातृ संगठनले प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्ध चर्का आन्दोलन गर्नुका साथै पुत्ला समेत दहन गरेका छन् । गठबन्धन सरकारले मतदाताले दिएको मतदानको मसि सक्न नपाउदै मूल्य वृद्धिको चपेडामा पारेर अनेरास्ववियुको आरोप रहेको छ ।

१५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गदैं उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटि विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका हुन् । मन्त्री बडुले अहिले नै मूल्यबृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यबृद्धिका सम्बन्धमा सरकारी पक्षमा छलफल गर्ने आश्वासन दिएका छन् । त्यस्तै एकीकृत समाजवादी तथा नेकपा माओवादी निकट भातृ संगठनले पुष्प कमल दाहाल प्रचन्ड र माधव कुमार नेपाललाई भेटि वृद्धि फिर्ताको माग गरेका छन् । विभिन्न संगठनले मूल्य वृद्धि फिर्ता गर्ने माग गरेपनि आश्वासनको झिनो आशा बाहेक केही आउन सकेको छैन ।

सरकार पक्षले भने आजसम्म विद्यार्थी आन्दोलनलाई गम्भिर रुपमा नलिएको पाइन्छ । संगठनहरुले देशैभर आन्दोलन गरेपनि सरकार पक्षमा यस बारे कुनै पनि छलफल भएको देखिएको छैन । सत्तारुढ दल निकटका विद्यार्थी संगठन समेत सडकमा उत्र्तिदा सरकार भने गुपचुप भएर बसेको देखिन्छ ।

अनेरास्ववियुको पुर्ब घोषित कार्यक्रम अन्तर्गत बिहिबार सरकारी गाडी चल्न रोक लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्