बढेन वृद्धभत्ता, अव ६८ वर्षमै पाइने, वृद्धभत्ता नलिनेलाई सरकारी सम्मान « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

बढेन वृद्धभत्ता, अव ६८ वर्षमै पाइने, वृद्धभत्ता नलिनेलाई सरकारी सम्मान




काठमाडौं । सरकारले अव वृद्धभत्ता पाउनेको उमेर घटाएको छ । यसअघि ७० वर्ष पुगेकाले पाउँदै आएको वृद्धभत्ता २ वर्ष घटाइएको छ ।
अव वृद्धभत्ता ६८ वर्ष पुगेका नेपालीहरुले पाउने भएका छन् । सरकारले वृद्धभत्ता पाउनेको उमेर घटाएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत वृद्धभत्ता पाउनेको उमेर घटाएको छ । तर वृद्धभत्ता बढाएको छैन ।

त्यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सम्मान गरिने जनाइएको छ । बजेट वक्तव्यमा अर्थमन्त्री जनार्दश शर्माले सो बताएका हुन् ।

सरकारले अपाङ्गता भएका, एकल महिलाहरुलाई दिँदै आएको भत्तालाई निरन्तरता दिएको छ ।


प्रतिक्रिया दिनुहोस्