भोट बटुल्न पुरा नहुने ज्यादै पपुलिष्ट कार्यक्रमसहित बजेट आएको छ « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

भोट बटुल्न पुरा नहुने ज्यादै पपुलिष्ट कार्यक्रमसहित बजेट आएको छ



सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष

बजेट ज्यादैन पपुलिष्ट छ, हल्का र पातलो बजेट आएको छ । विभिन्न क्षेत्रले दिएका सुझावहरु सबै लेखिएको छ, जुन पुरा हुनै सक्दैनन् । विगतमा पुँजीगत खर्च नभएका कुरापनि यसैमा छ । पुँजीगत खर्च घट्दो र चालु खर्च बढ्दो छ । यस्तो अवस्थामा उत्पादनमुखी हुन्छु र देशलाई संकटबाट माथि लाने कुरा गरिएको छ । बजेट र भनाइमा कहीं मेल खाँदैन ।

यो वर्ष चुनावी वर्ष भएकाले भोट बटुल्ले नारामा सिमित योेजनाहरु राखेको छ । खर्च कटौती गर्ने भनेको छ तर खर्च थप्ने काम गरेको छ । साना योजनाहरु संघिय सरकारबाटै गर्नेगरी अघि सारिएको छ । विभिन्न कोषहरु बन्द गर्ने भन्दा फेरी नयाँ कोषहरु स्थापनाको कुरा आएको छ ।

व्यापार घाटा र मुद्रा स्फिर्तीका कुराहरुमा तालमेल छैन । मुद्रा स्फिर्ती ७ प्रतिसत र ग्रोथलाई ८ प्रतिसतमा राख्छु भनिएको छ । भारतले फलामजन्य बस्तुमा निर्यात कर १५ प्रतिसत लगाउँछु भनेको बेलामा नेपालका उत्पादन गर्ने उद्योगहरुले महंगी थोपर्नेछ । यसले रोजगारी, आर्थिक बृद्धिदरमा समेत अषर गर्ने देखिन्छ । खाद्यन्नलाई अरु देशले रोक लगाएको सन्दर्भलाई यसले बोलेको छैन । पेट्रोलियम पदार्थको मुल्य अकासिएको अवस्थामा केही संबोधन भएको छैन ।

किसानलाई संचय कोष दिन्छु भनेर अत्यन्तै महत्वकांक्षी कुरा अघि सारिएको छ । नेपालमा ४० लाख परिवार किसान छन् । नितीहरुलाई कोषको व्यवस्था गर्छु भनेको छ । देशका कर्मचारीलाई संचय कोषको संकट आउन लागेको बेलामा १० प्रतिसत कोष दिन्छु भन्नु वितरण र आसा जगाउने मात्रै कुरा आएको छ ।
विद्युतिय चुल्हो प्रयोगको कुरा राम्रो छ । विद्युतिय बस्तुको कर हटाउँछु भनेको छ, यो राम्रो कुरा हो ।

सुन्दा आनन्द लाग्ने तर पुरा हुनै नसक्ने कार्यक्रमहरु समेटिएका छन् । कर्मचारीको तलव बढाइएको छ यसले १५ प्रतिसत मुल्यबृद्धि हुने छ । मुद्रास्फीर्ती ७ प्रतिसतमा बस्छु भनेको छ यो व्यावहारीक देखिन्न ।
देश जुन संकटमा लडिरहेको छ त्यसलाई पन्छाएर कुर्सीमा बसेपछि सबै बाँड्ने हो र बाँडेपछि भोट बढ्छ भन्ने ध्येय राखेको देखिन्छ ।

अव हरेको उद्योगको उत्पादन लागत बढेर जाने देखिन्छ । परियोजनको लागी छुट्याएको बजेट नपुग्ने देखिन्छ । यसले ग्रोथ पुरा हुँदैन ।


प्रतिक्रिया दिनुहोस्