आज ११ वजेदेखि नियमित उडान हुने, वायुसेवा संचालककाे आन्दाेलन फिर्ता

काठमाडाैं । सरकारसंग विभिन्न ६ बुँदे माग राखेर देशव्यापी उडान ठप्प पार्ने निर्णय लिएका वायु सेवा कम्पनिहरू अन्तत: आन्दाेलन राेकेर आज ११ वजेदेखी नियमित उडान भर्ने भएका छन् ।
मंगलबार गृह मन्त्रालयकाे राेहवरमा भएकाे वार्तामा उडान नियमित गर्ने सहमती भएकाे वायु सेवा संचालक संघका प्रवक्ता याेगराज कँँडेलले बताए ।
आफ्ना माग पुरा नभए देशव्यापी उडान राेक्ने चेतावनी दिएका थिए ।