अर्थतन्त्र समस्या समाधानका उपायसहितको मौद्रिक नीति आउनेमा गगन थापा ढुक्क « Arthapath.com
२१ असार २०८२, शनिबार

अर्थतन्त्र समस्या समाधानका उपायसहितको मौद्रिक नीति आउनेमा गगन थापा ढुक्क



गभर्नर अधिकारी र गगन थापाबीच भेटवार्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ । गभर्नर अधिकारी र महामन्त्री थापाबीच शुक्रबार बिहन भेटवार्ता भएको हो ।

भेटका क्रमममा बर्तमान अर्थतन्त्रको विषयमा छलफल भएको जनाएको छ । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् गभर्नर अधिकारीलाई भेटेको जानकारी दिए । उनले भने, ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको छु ।’

साथै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति आउने अपेक्षा थापाले गरेका छन् । ‘अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्