ओलीको प्रश्न सीसीटीभी फुटेज कसरी डिलिट भयो ? « Arthapath.com
२० असार २०७९, सोमबार

ओलीको प्रश्न सीसीटीभी फुटेज कसरी डिलिट भयो ?



काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न माग गरेका छन् । अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई–चारजना व्यापारिक घरानाको अनुहार झल्किएको भन्दै प्रधानमन्त्रीलाई जवाफ मागेका छन् भने छानबिन गर्न समेत माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को हुन् तिनीहरू’ ? भनेर धम्क्याएको समेत आरोप लगाएका छन् । अर्थमन्त्रीले को हुन् भनेर थर्काउने बेलासम्म भएको सीसीटिभी फुटेज अहिले आएर डिलिट भएको भन्दै गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् ।

ओलीले भने, ‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने ? प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन ? यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’


प्रतिक्रिया दिनुहोस्