प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रदेश प्रमुखहरूले भेटेका छन्।
काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।