कर्णालीका मुख्यमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा.पोखरेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पोखरेल कर्णाली प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्ति भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका उपनिर्देशक डा. पोखरेललाई नियुक्ति गरिएको हो ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारलाई पत्राचार गरि अर्थ मन्त्रालयले डा. पोखरेललाई काजमा पठाइदिन आग्रह गरेको छ ।
