सेना कर्मचारीले तलव खान नसक्ने अवस्थामा कस्ताे बजेट आउँछ ? :अध्यक्ष ओली « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

सेना कर्मचारीले तलव खान नसक्ने अवस्थामा कस्ताे बजेट आउँछ ? :अध्यक्ष ओली



काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी र सेनाले तलव खान नसक्ने अवस्थामा बजेट कस्ताे आउँछ भनेर प्रश्न गरेका छन् ।

नेकपा एमालेकाे जनसंगठन पदाधिकारी भेलालाई संबाेधन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने आर्थिक रूपमा देश कमजाेर रहेकाे अवस्थामा धेरै विकासकाे अपेक्षा गर्न सकिने अवस्था नरहेकाे बताए ।

सरकारकाे आन्दानी नै नभएकाे अवस्थामा बजेटबाट अपेक्षाकृत विकास नहुने ओलीले बताए । ‘कर्मचारी, सेनालाई तलव खुवाउन नसक्ने अवस्थामा देश पुगेपछि जनताकाे विकासकाे चाहना अधुराे हुन्छ’ ।

आर्थिक रूपमा सरकार चल्नै नसक्ने अवस्थामा पुगेकाे भन्दै देश ओरालाे लागिरहेकाे ओलीकाे ठम्याई रहेकाे छ । ‘देश ओरालाे यात्रामा छ, सरकार रमाईरहेकाे छ ।’

नक्कली भुटानी शरणार्थीकाे विषयमा एमालेकाे संग्लग्नता नरहेकाे ओलीकाे स्पष्टाेक्ती रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्