यो बर्ष पनि ठुलो आकारको आन्तरीक ऋण उठाएर खर्च गर्दै सरकार, कुन त्रैमासमा कति उठाउने ? « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

यो बर्ष पनि ठुलो आकारको आन्तरीक ऋण उठाएर खर्च गर्दै सरकार, कुन त्रैमासमा कति उठाउने ?



काठमाडौं । सरकारले चालु आर्थिक बर्ष २०८०/८१ मा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरीक ऋण उठाउने भएको छ । सरकारले आफ्नो खर्च धान्न सो बराबरको आन्तरीक ऋण उठाउन लागेको हो ।

सरकारले चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । त्यस अन्तरगत सरकार यसै बराबरको आन्तरीक ऋण उठाउने लक्ष्इ लिएको थियो । सोहीअनुसार नेपाल राष्ट्र बैंकले मंगलबार आन्तरीक ऋण उठाउने कार्यतालिका सार्वजनिक पनि गरेको छ ।


त्यसमा पहिलो त्रैमास (साउन देखि असोजसम्म) ५५ अर्ब ऋण उठाउने सरकारको कार्यतालिका छ । त्यसमा टे्रजरी बिलबाट ५ अर्ब रुपैयाँ र विकास ऋणपत्रबाट ५० अर्ब ऋण उठाउने सरकारको योजना छ ।

यस्तै, दोस्रो त्रैमासमा पनि सरकारले ५५ अर्ब रपैयाँ नै ऋण उठाउने छ । त्यसमा ट्रेजरी बिलबाट १० अर्ब र विकास ऋणपत्रबाट ४५ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको कार्यतालिका छ ।

यसैगरि तेस्रे त्रैमासमा ५३ अर्ब रुपैयाँ ऋण उठाउने सरकारको योजना छ । त्यसमा ट्रेजरी बिलबाट १५ अर्ब रुपैयाँ, विकास ऋणपत्रबाट ३५ अर्ब, नागरिक बचतपत्र २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रबाट ५० करोड ऋण उठाइने छ । यसैगरि चौथो त्रैमासमा सरकारले ७७ अर्ब आन्तरीक ऋण उठाउने योजना बताएको छ । त्यसमा ट्रेजरी बिलबाट २५ अर्ब, विकास ऋणपत्रबाट ४९ अर्ब, नागरिक बचतपत्रबाट २ अर्ब ५० करोड र वैदेशिक बचतपत्रबाट ५० करोड ऋण उठाउने सरकारको योजना छ ।

यसरी कुल २ खर्ब ४० अर्ब बराबरको आन्तरीक ऋण उठाउने कार्यतालिका नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको हो । त्यसमा बर्षभरीमा ट्रेजरी बिलबाट ५५ अर्ब, विकास ऋणपत्रबाट १ खर्ब ७९ अर्ब, नागरिक बचतपत्रबाट ५ अर्ब र बैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब रुपैयाँ ऋण उठाउने देखिन्छ । सरकारले चालु आवमा २ खर्ब १२ अर्ब ७४ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ ।

सरकारले गत आवमा पनि २ खर्ब ५६ अर्ब हारहारीमा आन्तरीक ऋण उठाएको थियो । यसपाली पनि सोही बराबरको आन्तरीक ऋण उठाएर सरकारले खर्च गर्न लागेको हो । सामान्यत आन्तरीक ऋणको व्याजदर बढी हुन्छ । यसले सरकारलाई थप आर्थिक भार बढ्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्