अर्थतन्त्र दबाबमा छ, सरकारले तत्काल कदम नचाल्ने हाे भने बर्वाद हुन्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा चर्काे दबाब रहेकाे बताएका छन् । सरकारले सुधारकाे लागी तत्काल कदम नचाले मुलुक बर्वाद हुने बताएका छन् ।
प्रधानमन्त्रीले आत्मनिर्भर अर्थतन्त्र अभियानमा मेराे पुर्ण समर्थन रहेकाे बताएका छन् ।
‘निजी क्षेत्रकाे पाेटेन्सियल नबढाई देशकाे अर्थतन्त्रमा सुधार आउँदैन ।’ निती निर्माणमा पनि सरकार सहजता ल्याउन लागिपरेकाे प्रचण्डकाे भनाई रहेकाे छ ।
निजी र सरकारी क्षेत्रकाे तादाम्यता मिलाउन आफु लागीपरेकाे र केही समयमै निती, ऐन नियममा परिवर्तन गरी नयाँ निर्णय सरकारकाे तर्फबाट आउने प्रधानमन्त्रीकाे भनाई रहेकाे छ ।
‘अर्थतन्त्र अहिले पनि दबाबमा छ । सरकारले तत्काल कदम नचाल्नेहाे भने बर्वाद हुन्छ ।’
माैद्रिक निती र वित्तिय नितीविच समन्वय हुन सकेन । आजकाे आवश्यकता अनुसार माैद्रिक निती, वित्तिय निती प्रयप्त नरहेकाे प्रधानमन्त्रीकाे भनाई रहेकाे छ ।
शुक्रबार नेपाल उद्याेग परिसंघले आयाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्रीले साे कुरा बताएका हुन् ।