विदेशी राष्ट्रहरुलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न राष्ट्रपति पौडेलको आव्हान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विदेशी राष्ट्रहरुलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आव्हान गरेको छन् । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७ औं सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
साना र मझौला उद्योग हाम्रो अर्थतन्त्रका मेरोदण्ड भएको उनको तर्क थियो । नेपालमा विश्वसामु चिनाउने सम्पदा रहेको हुँदा पर्यटक भित्र्याउन समेत ठूलो सहयोग हुने उनले बताए । उनले भने, ‘विश्व सामु चिनाउने सगरमाथा तथा पर्यटकीय स्थलहरू हामि संग सयौं छन् । यसमा विदेशी लगानी अझै आवश्यकता गरेको छ’ ।
अर्थतन्त्रको देशको महत्वपूर्ण अंक व्यापार रहेको पौडेलको भनाई रहेको थियो । नेपाल विदेशी लगानी बृद्धि रहेकोमा खुसी व्यक्त गरे । ‘ नेपालमा पछिल्लो समय विदेशी लगानी बढि रहेको छ । लगानिका लागि आवश्यक पर्ने निति नियम पनि बनेका छन् । विदेशी राष्ट्रलाइ लगानि गर्ने आव्हान छ’ पौडेलले भने ।