नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन, स्वर्णिम वाग्लेको नोट अफ डिसेन्ट « Arthapath.com
२४ कार्तिक २०८०, शुक्रबार

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन, स्वर्णिम वाग्लेको नोट अफ डिसेन्ट



काठमाडौं । अर्थ समितिको शुक्रबार बसेको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेको नयाँ स्टक एक्सेचेञ्जका लाइसेन्स प्रक्रिया अर्थ समितिले भने अघि बढाउन निर्देशन दिएको हो । प्रधानमन्त्रीले गत बैशाख २८ गते मन्त्रीपरिषद बैठकबाट नै नयाँ स्टकको लाइसेन्स रोक्ने निर्णय गरेका थिए । तर, शुक्रबार बसेको अर्थ समितिले भने प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो ।

सर्बोच्च अदालतको संवैधानिक इजलालसले पनि यसअघि नै नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिईसकेको छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले भने अर्थसमितिको निर्देशन प्रति असहमति जनाएका छन् । उनले नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन नहुने भन्दै नोट अफ डिसेन्स लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्