व्यवसायी पवन गोल्यानको आक्रोश: ‘उद्योगीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ?’ « Arthapath.com
१५ पुष २०८०, आईतवार

व्यवसायी पवन गोल्यानको आक्रोश: ‘उद्योगीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो ?’



काठमाडौं । उद्योगी पवन गोल्यानले सरकारले सबै उद्योगहरू बन्द गराउन खोजिरहेको बताए । डेडिकेटेड र ट्रंकलाइन लाइनको बारेमा जानकारी गराउन आइतबार राजधानी व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी गोल्यानले यस्तो बताएका हुन् ।

विद्युत् प्राधिकरणले कानुनी प्रमाण बिना नै उद्योगहरूको लाइन काटेको बताए । यद्यपि, प्रमाण देखिए सबै बिलको भुक्तानी हुने उनको भनाई छ ।  उनले भने,‘सरकारले भएका उद्योगहरू सबै बन्द गराउने काम गरिरहेको छ । हामीले उद्योग खोलेर पाँच हजार सर्वसाधारण नागरिकलाई रोजगार दिनु अपराध हो ? बिना प्रमाण उद्योगको लाइन काट्नु राम्रो होइन ।’

सोही अवसरमा रिलायन्स स्पिनिङ मिल्सले कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गरे ।  उनले भने, ‘सबैतिर रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड रुपैयाँ तिर्न बाँकी छ भन्ने कुरा बाहिर आएको छ, मैले कानुनसम्मत एक रुपैयाँ तिर्न बाँकी छैन, मिल्सले पनि विद्युत् महसुलको कुनै रकम बाँकी राखेको छैन ।’ 

अन्य अन्य धागो उद्योगहरू समेत समस्यामा परेको बेला प्राधिकरणले लाइन काटेर सजाय स्वरूप आफूलाई अतिरिक्त शुल्क तिर्न भनिएको उनको दाबी छ ।  आक्रोशित हुँदै गोल्यान भने, ‘दुई लाख श्रमिकको जागिर खोसेर राज्यले लगानी सम्मेलन गर्न जायज हुँदैन । अब उद्योगीहरू मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने पर्ने हो ?’

उनले हरेक महिना नै विद्युत् महसुल बुझाएको दाबी गरे । तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सेन्टिमेन्टल कुरा गरेको उनले बताए । डिओडी बिलको जिम्मेवार प्राधिकरणले लिनुपर्नेमा व्यवसायीहरूलाई भारी बोकाउन गलत काम भएको गोल्यानको भनाई छ । प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल ४ अर्बबाट २२ अर्ब देखाएर जनतामाझ भ्रम फैलाइएको गोल्यानको दाबी छ । 


प्रतिक्रिया दिनुहोस्