पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा नयाँ नेतृत्व: अध्यक्षमा शर्मा, महासचिवमा पौडेल « Arthapath.com
२० फाल्गुन २०८०, आईतवार

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा नयाँ नेतृत्व: अध्यक्षमा शर्मा, महासचिवमा पौडेल



काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको राष्ट्रिय अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कुल ५११ मत खसेकोमा शर्माले ३२३ मत ल्याए भने उनका प्रतिष्पर्धी दिवाकर घिमिरेले १०२ र ऋषिराम शर्माले ८६ मत प्राप्त गरेका थिए । निर्वाचित अध्यक्ष शर्मा गुडविल पब्लिकेसन्सका सञ्चालक समेत हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के, महासचिवमा विष्णुप्रसाद पौडेल, उप–महासचिवमा अर्जुनप्रसाद आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने साथै महिला सचिवमा कोपिला गिरि निर्वाचित भएका छन् । त्यसैगरी सहकोषाध्यक्षमा रविन बराल र लेखा संयोजकमा कृष्णराम कार्की निर्वाचित भएका छन् ।

राजधानीमा दुई दिन सम्म चलेको महाधिवेशनले लेखा समिति संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाइ बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रयासरत रहने बताए ।


प्रतिक्रिया दिनुहोस्